पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

खप्तडमा गंगा दशहरा मेलाको तयारी सुरु  ..


हरेक बर्ष सुदुरपश्चिमकै प्रसिद्ध पर्यटकिय स्थल खप्तडमा लाग्ने गंगा दसहरा मेलालाइ भब्य रुपमा मनाउने तयारी थालिएको छ । यस बर्ष खप्तडमा गंगा दसहरा मेला जेठ २१ गते देखि सुरु हुदैछ । मेलालाइ कसरी ब्यबस्थापन गर्न सकिन्छ भन्ने बिषयमा बिहीवार डोटीको सिलगढीमा छलफलको आयोजना गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद सर्माको उपस्थितिमा भएको छलफलमा खप्तड क्षेत्र पर्यटन बिकास समितिका अध्यक्ष पुर्ण राज जोशी, खप्तड मध्यवर्ती क्षेत्र बिकास समितिका अध्यक्ष राम प्रसाद उपाध्याय, उद्योग बाणिज्य संघ डोटीका अध्यक्ष नरेन्द्र खड्का, खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत चन्द्र बहादुर चन्द लगायतको सहभागिता रहेको थियो । उक्त छलफलमा खप्तड क्षेत्र पर्यटन बिकास समितिले निर्माण गरी अहिले हावाहुरीले उडाएका गेष्ट हाउस लगायतका भौतिक संरचानाहरुलाइ मेला लाग्नु भन्दा अगाडी पुर्ननिर्माण गरिने निर्णय भएको छ । यदि मेला लाग्नु भन्दा अगाढी पुर्ननिर्माण गर्न नसकिए अस्थायि प्रकृतिका टहरा निर्माण गरिने भएका छन । यसैगरी मेलामा आउने सर्बसाधारण लगायत बिशिष्ट ब्यक्तित्वलाइ खाने बस्ने र अन्य आवश्यक कुराहरुको ब्यबस्था गर्न होटल ब्यबसायि संघ र उद्योग बाणिज्य संघलाइ अनुरोध गर्ने निर्णय पनि भएको छ । मेला अबधिभर स्वास्थ्य सिबिर सञ्चालन गर्नका लागि जिल्ला स्वास्थ्य कार्यालयलाइ अनुरोध गर्नेपनि निर्णय गरीएको छ । सुदुरपश्चिमको प्रसिद्ध पर्यटकिय स्थल खप्तडमा हरेक बर्ष गंगा दसहराको अबसरमा मेला लाग्ने गर्दछ ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा