पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डडेल्धुरामा एक दिने सहकारी अन्र्तक्रिया कार्यक्रम सम्पन्न ।।


सपना सिंह चैत्र ५ डडेल्धुरा
डडेल्धुरा जिल्लाको सदरमुकाममा एक दिने सहकारी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । डडेल्धुका सहकारीकर्मि र लाइनएजेन्सी का पदाधिकारी बिच एक दिने सहकारी अन्र्तक्रिया कार्यक्रम आज सम्पन्न भएको हो । डडेल्धुरा जिल्ला मा सहककारीको अवस्था र तीनीहरुको सेवा प्रवाह गर्न तरिका को बारेमा आम सर्वसाधारणलाई जानकारी गराउने उद्धेश्यले डिभीजन सहकारी कार्यालय कन्चनपुर को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । लेखापरीक्षक, लाईन एजेन्सी र सहकारीकर्मीहरु विच समन्वय र सहकार्य गरी सहकारी संस्थाहरुको कार्य प्रकृयामा व्यवस्थीत र एकरुपता ल्याउनुका साथै साझा बुझाईएको विकास गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको उद्घाटन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले सहकारी मार्फत संकलीत पुँजीलाई व्यवस्थीत र मितव्ययी तवरले परिचालन गर्न सकेमा सदस्यहरुको आयआर्जन र देश विकासमा सहकारी कोसेढुङ्गा सावीत हुने बताउनुभयो । अवस्थीले यथार्थ लेखापरीक्षण, कार्यपद्धती र व्यवहारमा पारदर्शीता, आर्थिक पारदर्शिता र मितव्ययीता भएमा सहकारी संस्थाहरु शु–शासनयूक्त हुने भन्दै सहकारी मार्फत जिल्लाको समग्र विकास र राष्ट्रको समृद्धीमा लाग्न कार्यक्रममा उपस्थित सहकारीकर्मीहरुलाई आग्रह गर्नु भएको थियो । हालसम्म डडेल्धुरा जिल्लामा ११ र कन्चनपुरमा  १७ गरी जम्मा २८ ओटा सहकारी सस्थाको दर्ता खारेजी गरीएको डिभीजन सहकारी कार्यालय कन्चनपुरले जानकारी दिएको छ । डडेल्धुरा जिल्लामा हाल जम्मा १ सय ९३ सहकारी सस्था रहेका छन् । डिभीजन सहकारी कार्यालय कन्चनपुरले हरेक बर्ष प्रदान गर्दै आएको उत्कृष्ट सहकारी सस्था पुरष्कार गतबर्ष डडेल्धुराको कैलपालमाण्डौमा रहेको निरपाल बचत तथा क्रृण सहकारी सस्थालाई उत्कृष्ट छनोट गरी पुरष्कार प्रदान गरीएको थियो । 
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा