अबरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ घण्टापछि संचालनमा

आइतबार, १७ भदौ, २०७५

काठमाडौं । शनिबार साँझ सांढे ८ बजेदेखि अबरुद्ध बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाह्र घण्टापछि बल्ल संचालनमा आएको छ ।

धावनमार्गमा चिप्लिएको यति एयरलाइन्सको जहाजलाई तान्न नसक्दा विमानस्थल १२ घण्टा संचालनमा ल्याउन नसकिएको हो ।

रातभरदेखि विहानसम्मको प्रयासमा दुर्घटनामा परेको विमानलाई तानेर ह्यांगरमा लगेपछि विमानस्थल सुचालु भएको नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए ।

विमानस्थल बन्द हुँदा रातीका उडान स्थगित गरिएको थियो भयो भने बाहिरबाट आएका जहाजलाई दिल्ली, लखनउलगायतका ठाउँमा पठाइएको थियो ।

दुर्घटनाग्रस्त विमानको गिएर नै भाँचिएकाले तान्न कठिन र लामो समय लागेको महाप्रबन्धक कंसाकारले बताए ।

नेपालगन्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आइपुगेको यति एयरलाइन्सको जेट स्ट्रीम विमान हिजो बेलुकी धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको थियो ।

जहाजमा रहेका यात्रु र चालक दलका सदस्य भने सकुशल छन् ।

नेप्से ४ अंकले सकारात्मक

बुधबार पनि सेयर बजारमा सामान्य सुधार जारी रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंकले सकारात्मक रहेर १६ सय ६२ पुगेर थामियो । कारोबार भएकामध्ये

​बिहीवार रियाल, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्रा कमजोर ।। 

नेपाल राष्ट्र बैंकले बिहीवार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २९ पैसा र विक्रिदर २७ रुपैयाँ ४५ पैसा रहेको छ ।  त्यस्तै, कतारी

सार्क मुलुकका अर्थमन्त्रीहरुको बैठक ।।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका अर्थमन्त्रीहरुको बैठकले दक्षिण एसियाको आर्थिक एकीकरण र दक्षिण एसियाली आर्थिक संघ स्थापनामा विशेष

डडेल्धुरामा काफल बिक्रि शुरु, महिला तथा बालबालिकाका लागि आम्दानीको राम्रो स्रोत बन्दै ।।

डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रमा काफलको ब्यापार बढ्न थालेको छ । काफल पाक्न शुरु भएसँगै भिमदत्त राजमार्ग अन्तर्गतका काफल पाईने क्षेत्रमा काफलको