पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कर्तव्य ज्यान मुद्धामा ८० वर्षीय वृद्ध जेल चलान ।।

बैतडीमा एक ८० वर्षीय वृद्धलाई कर्तव्य ज्यान मुद्धामा जेल चलान गरिएको छ । २०४२ साल भदौ १७ गते राती पुर्चौडी नगरपालिका–१० विजयपुरमा ४ जनाको हत्या गरी ३२ वर्षदेखि फरार महादेवस्थानका पर्मे भट्टलाई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले जानकारी दिनुभयो ।

भट्टले वि.स. २०४२ साल भदौ १७ गते राती पुर्चौडी नगरपालिका–१० विजयपुर बरायलगाडा बस्ने ६५ वर्षीय अर्जुन अवस्थी, पुतली अवस्थी र कलशा अवस्थी सहित ४ जनाको खुकुरी प्रहार गरी हत्या गरेका थिए ।  

जिल्ला अदालत बैतडीबाट २०५१ साल भदौमा भट्टलाई २० वर्षे कैद सुनाइएको थियो । भट्टलाई २० वर्ष जेल चलान गर्नका लागि पुनरावेदन अदालत महेन्द्रनगरले २०५२ साल भदौ १४ गते र सर्वोच्च अदालतले २०५३ साल वैशाख १३ गते जिल्ला अदालतको फैसला सदर गरेको थियो । घटना भएदेखि नै फरार उनी भारतका विभिन्न ठाउँमा लुकेर बस्दै आएका बताइएको छ । प्रहरीले ८० वर्षीया भट्टलाई सोमबार मात्रै घरमा रहेका बेला पक्राउ गरेको हो । 
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा