पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डडेल्धुरा लगायत सुपमा केही समय देखि सुस्ताएकोे चुनावी प्रचार प्रसार अभियान फेरी तात्दै ।।

सुदूरपश्चिमभर स्थानिय निकायको निर्वाचनको चुनावी गतिबिधि कतै सुस्ताएको छ भने कतै निकै तातेको छ । डडेल्धुरामा भने केही समयदेखि सुस्ताएको स्थानीय तह निर्वाचनको चुनावी प्रचार प्रसार अभियानलाई फेरि राजनीतिक दलहरुले तिव्रता दिएका छन । जिल्लामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले डडेल्धुराका स्थानीय तहमा चुनावी प्रचार–प्रसारलाई तिव्रता दिएका छन ।

सबै भन्दा ठूलो दल नेपाली काँग्रेसले केही सुस्त रुपमा चुनावी अभियानलाई अगाडि बढाइरहेको छ । नेपाली काँग्रेस भित्र टिकटको विषयमा लिएर केही नेता तथा कार्यकर्ताहरु असन्तुष्टी व्यक्त गरिरहेका छन । स्थानीय तह निर्वाचन आउन लगभग एक महिना भन्दापनि कम बाँकी रहदा यहाँका राजनीतिक दलहरुले चुनावको प्रचार–प्रसारलाई तिव्रता दिएको नेताहरुले जानकारी दिएका छन ।

जिल्लाका सात वटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाइसकेको नेकपा एमाले जिल्लाका सात वटै स्थानीय तहमा मतदाताको घरदैलो अभियानलाई तिव्रता दिइरहेको नेकपा एमाले जिल्ला कमिटी सचिव धन बहादुर साँउदले जानकारी दिनुभयो ।

यस्तै नेकपा माओवादी केन्द्रले जिल्लाका नवदुर्गा, गन्यापधुरा र भागेश्वर गाउँपलिकामा चुनावी अभियान सुस्त रहेको र अरु ठाउँमा भने घरदैलो र चुनावी अभियानलाई निरन्तरता दिइरहेको माओवादी केन्द्रका जिल्ला संयोजक मान सिंह माल कान्तीले बताउनुभयो । नेकपा माओवादी केन्द्रले पनि लगभग सात वटै स्थानीय तहका उम्मेदवारको टुंगो लगाइसकेको छ ।


यस्तै उता बैतडीमा मतदाता शिक्षा कार्यक्रम पुनः सञ्चालन हुने भएको छ । सरकारले दुई चरणमा निर्वाचन गर्ने भएपछि बैतडीमा वैशाख पहिलो साताबाट सञ्चालन भएको मतदाता शिक्षा कार्यक्रम पनि स्थगित भएको थियो ।

बैतडीमा भोलीदेखि मतदाता शिक्षा कार्यक्रम पुनः सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख तथा निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिनुभयो ।

बैतडीमा जेठ ३१ गते निर्वाचन हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम पुनः सञ्चालन हुन लागेको हो । मतदाताको घरदैलोमै गएर मतदाता शिक्षा प्रदान गर्न यसअघि नै छनोट भएका १८७ जना मतदाता शिक्षा स्वयम्सेवकलाई परिचालन गरिने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । 


यसैबीच बैशाख ३१ गते चुनाब हुने भनेर तातेको डोटी हाल सुनसान भएको छ । सरकारले दुई चरणमा चुनाब गर्ने योजना बनाएपछि प्रदेश नं. ७ अन्तरगतका जिल्लाहरुको चुनाब जेष्ठ ३१ गते हुने भएपछि त्यहाँको माहोल चिसिएको छ । जेठ ३१ गते हुने दोस्रो चरणको स्थानिय निर्बाचनको लागि प्रमुख प्रतिपक्षी नेकपा एमाले बाहेक डोटीका दलहरुले उम्मेदवार छनौट गर्न सकेका छैनन् । 


राजनितिक दलहरुका गतिबिधिहरु सिथिल भएका छन् । चुनाबि अभियान सञ्चालन भएका छैनन् भने जिल्लाका गाउँदेखि सहर भेगसम्मको बातावरण पनि सुनसान देखिएको छ । यस्तै मतदाताहरु समेत मतदान सम्बन्धी अनभिज्ञ छन ।


यस्तै उता कैलालीको गोदावरी नगरपालिकाका बिभिन्न वडाहरुमा एमाले र माओबादी केन्द्रले आफ्नो प्रचार प्रसारलाई तिब्र परेका हुन । एमाले र माओबादी केन्द्रले नगरपालिकाको मेयर उपमेयर र सम्पूर्ण वडाका वडा अध्यक्ष सहितका उम्मेदवारको टुंगो लगाइ प्रचारमा होमिएका छन । उम्मेदवारको छनौट नहुँदा काँग्रेसको प्रचार प्रसार केही सुस्त जस्तो देखिएको छ । 
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा