नेपाली संगीतमा झरी विम्बको प्रयोग कस्तो कस्तो ?

काठमाडौं । नेपाली सङ्गीतमा पनि थुप्रै चर्चित गीत–संगीतको भावभूमि मौसमले तयार पारेको पाइन्छ ।

चलचित्र होस या आधुनिक सुगम–सङ्गीत, लोक र पप सबै विधामा झरी वा वर्षा श्रोतासँग संवादका माध्यम बनेका छन् ।

यो कहिले छिटाउँछ, कहिले बर्सिन्छ, घरी सिमसिम गर्दै झर्छ घरी झमझमे भाकामा दर्किन्छ । विचित्र छ पानी ।

गीत ...साउनको झरी बनि तिमी आउन नारायण गोपाल, बर्षातमा झरी पर्दा पानी बनँ लाग्यो केशबाट तप्प चुहिने पानी बनु लाग्यो । रामकृष्ण ढकाल उही झरी कसैको लागि प्रेम, यौन अनि उन्माद बनिदिन्छ कसैको लागि विरह ।

मान्छेका जीवनको हरेक पक्ष देखाउँछ झरीले ...मिर्मिरे साँझमा सिमसिमे पानी सातै रंगे इन्द्रेणी रानी सजाइदेउ मेरो जीवन, झमझम पानी पर्यो असारको रात, साउने झरीमा त्यो गाउँको गोरेटो, वर्षा आनन्दमात्र होइन, व्यक्ति र सिंगो समाजकै लागि चुनौती पनि बनिदिन्छ ।

यसले घरबार डुबाइदिन्छ, बस्ती बगाइदिन्छ । त्यसैले यो त्रासदीको विम्ब पनि हो ।

नेपाली संगीतमा यस्तै त्रासदीका कारण मनै चिर्ने सिर्जनाहरू पनि जन्मिएका छन् ।

गीतचरी लैजा समाचार वर्षा र संगीतबीचको यस्तो अन्तरसम्बन्धकै कारण झरीको तीव्रता र मन्दताले सर्जकको मुडलाई पनि नौलो प्रयोग गर्ने उर्जा प्रदान गरेको पाइन्छ ।

वर्षा वा झरी सुख–दुःख बनेर हाम्रो भावनामा मिसिएको छ । संगीतले हाम्रा यिनै भावनाका तन्तुहरूलाई झङ्कृत गर्छ । 

४० कटेसी रमाएका नेपाली कलाकार

यहि वैशाख ११ गते कलाकार तथा निर्माता पवन मैनाली दोस्रो पटक विवाह बन्धनमा बाँधिएका छन् । दोलखाकी लक्ष्मी सिवाकोटीसँग उनले मागी विवाह गरेका हुन् ।

एक छोरीका पिता हुन् पाँडे, ब्युटिसियनसँग भयो प्रेम विवाह ।।

हाँस्य कलाकार अर्जुन घिमिरे उर्फ पाँडे कुशल अभिनयका कारण परिचित छन् । पछिल्लो समय उनी सामाजिक कामका कारण पनि चर्चामा आउँछन् । तर उनको व्यक्तिगत

नक्कली जन्मदिनले जितु हैरान ।।

 कलाकार जितु नेपाललाई सोमबार जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ । देश विदेशमा रहेका शुभ चिन्तकले उनलाई फोन र सामाजिक सञ्जालमार्फत शुभकामना

क्यानडा बस्न नसकेर फर्केकी पूजाको नक्कली कपालले गर्‍यो करिअरको सुरुवात ।।

 अभिनेत्री पूजा शर्मा आइतबारदेखि २५ वर्षमा प्रवेश गरेकी छिन् । सिन्धुपाल्चोकमा जन्मेकी उनले १६ वर्षको उमेरमा मोडलिङको सुरुवात गरेकी थिइन् । पहिलो