पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

इरानको कोइला खानीमा पहिरो जाँदा २१ को मृत्यु, ७० जना घाइते

इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा पहिरो जाँदा च्यापिएर कम्तिमा २१ जनाको मृत्यु भएको छ ।गोलेस्टन प्रदेशको खानीमा पहिरो जाँदा मिथेन ग्यास विस्फोट भएको र त्यस क्रममा उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन । सरकारी अधिकारीहरुले दुर्घटनामा ७० जना घाइते भएको जनाएका छन । खानीभित्र परेका केहीलाई भने उद्दार गरिएको इरानको आपतकालीन सेवाका प्रमुख पिर हुसैन कोलिभान्दलाई उदृत गर्दै समाचार संस्थाहरुले जनाएका छन् ।पहिरो गएपछि सुरुङजस्तो बनेको ठाउँमा ग्यास भरिएकाले उद्धार कार्य निकै कठिन भएको बताइएको छ । सरकारी सञ्चारमाध्यमहरुले खानीमा पहिरो गएका बेला करिब ५ सय कामदार रहेको जनाएका छन ।
 

पाकिस्तानमा चार आतंककारीलाई फाँसीको सजाय ।।

पाकिस्तानमा चारजना आतंककारीलाई बुधबार फासीको सजाय दिइएको छ । आतंकवादमा संलग्नता रहेको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक

सामूहिक बलात्कार गर्ने चारजनालाई फाँसीको सजाय ।।

भारतको सर्वोच्च अदालतले सामूहिक बलात्कारका चार अभियुक्तलाई फाँसीको फैसाला सुनाएको छ । सन् २०१२ मा राजधानी दिल्लीमा एउटा विद्यार्थीमाथि भएको

ओबामा केयरको सट्टा ट्रम्पको नयाँ स्वास्थ्य विधेयक तल्लो सदनबाट पारित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको नयाँ स्वास्थ्य विधेयक त्यहाँको तल्लो सदन अर्थात हाउस अफ रिप्रेजेन्टेटिभसबाट पारित भएको छ ।   ओबामा

श्रीलंकामा मोदीको भ्रमणपूर्व बारुलाको गुँडहरु हटाइयो

भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमणपूर्व श्रीलंकाली अधिकारीहरुले कोलम्बोका केही बारुलो प्रभावित क्षेत्रबाट बारुलाको गुँडहरु हटाएका छन् ।