आर्थिक वर्षको सुरुमै बाजुरामा खाद्यन्न अभाव हुने संकेत

बाजुरा, भदौ १ । बाजुरामा आर्थिक वर्ष २०७५र७६ को सुरुवातमै खाद्यन्न अभाव हुने संकेत देखिएको छ । जिल्लामा निरन्तर वर्षा भइरहेकोले साँफे मार्तडी सडक अवरुद्ध भएपछि खाद्यन्न ढुवानीमा समस्या हुँदा बाजुराबासीका लागि यस आर्थिक वर्षको सुरुवातमै खाद्यन्न अभाव हुने संकेत देखिएको हो ।

बाजुराका लागि आर्थिक वर्ष २०७४र७५ का लागि केन्द्रले १० हजार क्विन्टल चामलको कोटा छुट्याएपनि ५ हजार क्विन्टल चामल मात्र आएको नेपाल खाद्य संस्थान बाजुराका निमित्त कार्यालय प्रमुख मेघराज ओझाले बताए । यस वर्षका लागि केन्द्रबाट बाजुराका लागि छुट्याएको कोटा अनुसारको चामल समयमै ढुवानी हुन नसकेमा खाद्यन्न अपुग हुने ओझाले बताए ।

सदरमुकाम मार्तडीमा रहेको नेपाल खाद्य संस्थानमा हाल करिब २ सय ५० क्विन्टल चामल र ५० क्विन्टल गहँु मौजाद रहेको पाइएको छ । चामल र गहुँ गरि ३ सय क्विन्टल खाद्यन्न भदौ महिनाको दोस्रो साताभित्रै विक्रि हुनेहो भने खाद्यन्न अभाव हुन सक्ने नेपाल खाद्यन्न संस्थान बाजुराले जनाएको छ ।

खाद्यन्न डिपोबाट हाल सोना मन्सुली, अरुवा मोटा चामल, उसिना चामल र गँहु विक्रि हुँदै आएको छ । खाद्यन्नबाट सबै भन्दा विक्री र बढी खपत हुने अरुबा मोटा चामल सकिएपछि अहिले सोना मन्सुली र उसिना चामल विक्रि हुँदै आएको खाद्यन्न संस्थान बाजुराले जनाएको छ ।

स्थानीयहरुले अहिले सोना मन्सुली प्रतिकट्टा ३० केजि १५ सय पाँच, अरुबा मोटा चामल प्रतिकट्टा ३० केजी ११ सय ९०, उसीना चामल प्रतिकट्टा ९ सय ८० र गहँु प्रतिकट्टा ५० केजी १६ सय ५० रुपैयामा खरिद गरेर यहाँका स्थानीयहरुले उपभोग गरिरहेका छन् ।

यस भन्दा अघि सबैभन्दा बढी खपत हुने स्थानीयहरुले बढी मात्रामा उपभोग गर्दै आएको अरुबा मोटा चामल खाद्यन्न डिपोमा सकिएपछि अरु प्रकारका चामलका लागि बढी मात्रामा चामल लिन स्थानीयहरु नआउने गरेको खाद्यन्न संस्थान बाजुराले जनाएको छ । खाद्यन्न संस्थानले अहिले प्रति १ जनालाई ३० केजिका दरले चामल विक्रि गरिरहेको बताएको छ ।

खाद्य संस्थानमा मौजाद रहेको करिब २ सय ५० क्विन्टल चामल र ५० क्विन्टल गहँु सकिन थालेपछि जिल्लाबासीले खाद्यन्न संकट भोग्नु पर्ने अवस्था आउन सक्ने नेपाल खाद्यन्न संस्थान बाजुराले जनाएको छ ।

खाद्यन्नबाट दैनिक जसो १० देखि २० क्विन्टल सम्म विक्रि हुने अरुबा मोटा चामल सकिएपछि अन्य प्रकारको चामल बढी खपत नभएको बताइएको छ । पुर्वीउत्तरी क्षेत्रका १ नगरपालिका र ३ गाउँपालिकाका स्थानीयका लागि कोल्टीमा रहेको नेपाल खाद्य संस्थान शाखाको डिपोमा ३३ सय बढी क्विनटल चामल मौजाद रहेको छ ।

सधै गरिवीको चपेटामा रहेको बाजुरा जिल्लामा जहिल्यै खाद्यन्न अभाव हुने गरेको छ । बाह्रै महिना खाद्यन्नको चामलमा भरमा पर्ने यहाँका स्थानीयहरुले खाद्यन्न अभाव हुने संकेत दखेपछि निरास बनेका छन् ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा