शून्य समयमा ध्यानाकर्षण

काठमाडौं, भदौ १ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र, समसामयिक विषय र देशैभर बाढी–पहिरोका कारण जनजीवन प्रभावित भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

शून्य समयमा बोल्ने सांसदहरु लक्ष्मी परियार, बिन्दा पाण्डेलगायतले अविरल वर्षाका कारण देशका धेरै भागमा जनजीवन प्रभावित भएको हुँदा बाढीपीडितको उद्धार र राहतकार्यलाई प्रभावकारी बनाउन सरकारसँग माग गरे ।

सांसदहरु सरिताकुमारी गिरी र सीताराम महतोले मुस्लिम धर्मावलम्बीलाई बकर इदका दिन सार्वजनिक छुट्टी दिन सरकारसँग माग गरे ।

सांसद सानु सिवाले काठमाडौंमा करिब ५०० सुकुम्बासीले स्वच्छ खानेपानी खान नपाएको हुँदा सो बस्तीमा स्वच्छ मेलम्चीको खानेपानी दिन माग गरिन् ।

सांसदहरु सूर्यप्रसाद पाठक र सुजाता परियारले स्थानीय तहमा कर लगाउँदा वैज्ञानिक ढंगले लगाउने पद्धतिको विकास गर्न माग गरे । 

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री