मुलुकी अपराध संहितामा खेलकुद क्षेत्रबारे यस्तो छ प्रावधान

काठमाडौं, भदौ १ । आजबाट लागू भएको मुलुकी अपराध संहिता ऐनले खेलकुद क्षेत्रमा हुने विसंगती र विकृतिलाई पनि दण्डको दायरामा ल्याएको छ ।

मूलतः खेल क्षेत्रमा मिलेमतोमा हुने म्याच फिक्सिङलाई फौजदारी कसूर मान्दै दण्डको दायरामा ल्याइएको हो । राज्यविरुद्धका कसूरमा राष्ट्रहित प्रतिकूल हुने काम गर्न नहुने व्यवस्थामा राज्यको प्रतिनिधिका रुपमा सम्मिलित कुनै पनि खेलमा मिलेमतो गरे खेलाडीलाई राज्यविरुद्ध कसूरमा सजाय हुने व्यवस्था ऐनले गरेको हो ।

खेल मिलेमतोमा पहिलोपटक राज्यविरुद्ध अपराध कसूर मानिएको हो ।

नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडी वा खेलाडीहरुसँग प्रतिस्पर्धा गर्न कुनै खेल खेल्ने नेपाली खेलाडी वा खेलाडीहरुको समूहले कुनै बाजी जिताउने वा हराउने गरी खेल्न वा खेलाउन हुँदैन भनिएको छ । यदि त्यसरी कुनै खेल खेलिएको रहेछ भने राष्ट्रिय हित विरुद्धको कसूर भएको मानिने ऐनमा उल्लेख छ ।

यस्तो कसूरमा संलग्नलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

यस्तै यस्तो काम गर्दा कुनै रकम लेनदेन गरेको भएमा सजायका अतिरिक्त लेनदेन गरेको रकम समेत जफत गरिने छ । त्यस्तो कसूर गर्न आदेश वा निर्देशन दिने, उक्साउने वा त्यस्तो कसूर गर्न मद्दत गर्ने व्यक्तिलाई पनि मुख्य कसूरदार सरह सजाय हुने गरिने छ ।

यस्तै कसूर गर्ने व्यक्ति सार्वजनिक पद धारण गरेको छ वा नेपाललाई प्रतिनिधित्व गर्ने व्यक्तिले विदेशमा गएका बखत गरेको रहेछ भने उक्त व्यक्तिलाई थप तीन वर्षसम्म कैद गरिने छ ।

अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता बिहीबारदेखि

कैलालीको अत्तरीयामा बिहीबारदेखि अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । ट्वेण्टी–ट्वेण्टी संरचनामा खेलाइने प्रतियोगितामा ६ टिमले

दोश्रो राष्ट्रब्यापी शारिरीक सुगठन स्थगित ।।

दोश्रो राष्ट्रव्यापी शारिरीक सुगठन च्याम्पियनसिप स्थगित भएको छ । बैशाख ३० गते आयोजना गर्ने भनिएको च्याम्पियनसिप स्थानिय चुनाव बैशाख ३१ गते गर्ने

मेस्सी, नेइमार र स्वारेजका कारण बार्सिलोना गएनन् गामेइरो

एथ्लेटिको मड्रिडका स्ट्राइकर केविन गामेइरोले बार्सिलोनामा अनुबन्ध हुने मौकाबाट आफू पछि हटेको बताएका छन् । बार्सिलोनाका फ्रन्ट लाइनका तीन खेलाडी

रुस्लान अत्तरीया कप २०७४ अन्तर्गत आज विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश ।।

कैलालीको अत्तरीयामा जारी देशकै सर्वाधिक धनराशीको राष्ट्रिय महिला रुस्लान अत्तरीया कपमा लगातार दोस्रो जितपछि विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश