दोगडाकेदारका विद्यालयहरु प्रविधिमैत्री बन्दै

बैतडी, भदौ १ । शैक्षिक गुणस्तरमा सुधार ल्याउनको लागी बैतडीको दोगडाकेदार गाउँपालिकाले पालिकाभित्र रहेका विद्यालयलाई प्रविधिमैत्री बनाउन जोड दिएको छ ।
गाउँपालिकाले पालिकाभित्रका सम्पुर्ण माध्यमिक विद्यालयहरुमा कम्प्युटर, ई–हाजिरी, ई–पुस्तकालय, प्रोजेक्टरको व्यवस्था, वाइफाइ फ्री तथा इन्टरनेट जडान कार्यलाई निरन्तरता दिएको छ ।
गाउँपालिकाभित्र रहेका १० वटै माध्यमिक विद्यालयहरुलाई प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त कार्य गरिन लागिएको अध्यक्ष चक्र कार्कीले बताएका छन् । हालसम्म सनातन धर्म मावि श्रीकोट, भूमिराज मावि चडेपानी, न्वाली मावि दोली, श्रीकेदार मावि पिपलकोट गरी ४ वटा विद्यालयमा ई हाजिरी र ईन्टरनेट जडान कार्य सम्पन्न भएको हो ।
अन्य ६ विद्यालयहरुमा पनि ई हाजिरी र ईन्टरनेट जडानको कार्यलाई निरन्तरता दिईने भएको छ । बाँकी रहेको विद्यालयहरुमा विद्युत लगायतको समस्या भएको जडान गर्न नसकिएको अध्यक्ष कार्कीले बताएका छन् । गाउँपालिकाले गतबर्ष नै गाउँपालिकाभित्र रहेका सम्पुर्ण माध्यमिक विद्यालयहरुमा इन्टरनेट र ई हाजिरी जडान गर्ने कार्यक्रम रहेको थियो ।
इ–हाजिरी र ईन्टरनेट जडान गर्न विद्यालयहरुलाई ५० हजारदेखि १ लाख ५० हजारसम्म रकम विनियोजन गरेको दोगडाकेदार गाउँपालिकाको कार्यालयले जनाएको छ ।
विद्यालयहरुमा ई हाजिरी जडानले शिक्षकको नियमितता बढेको, इन्टरनेट र प्रोजेक्टर जडान गरेपछि विद्यार्थीहरुलाई पठनपाठन गर्न सजिलो भएको सनातन धर्म मावि खोचलेकका प्रधानाध्यापक बलदेब नाथले जानकारी दिएका छन् ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा