लोकसेवाबाट भर्ना रोकिदैछ भन्ने हल्लामात्रै हो स् लालबाबु पण्डित

१ भदौ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगबाट हुने कर्मचारी भर्ना नरोकिएको स्पस्ट पारेका छन् । आयोगलाई संविधानले दिएको जिम्मेवारी र क्षेत्राधिकार नमिच्ने भन्दै उनले कर्मचारी भर्ना रोकिने भनी हल्ला चलेको भन्दै त्यो सत्य नभएको बताए । सबै निकायलाई आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्ने स्वतन्त्रता रहेको भन्दै उनले लोकसेवा आयोगको क्षेत्राधिकार सरकारले हस्तक्षेप नगर्ने स्पष्ट पारे । स्थानीय सरकार, प्रदेश सरकारका प्रतिनिधि संविधानले दिएको अधिकार विपरीत विदेश भ्रमणमा गइरहेको मन्त्री पण्डितले बताए ।
‘स्थानीय सरकार, प्रदेश सरकार विदेश गएको गएकै छन्, परराष्ट्र सम्बन्ध विस्तार गरिरहेका छन् । त्यो अधिकार संविधानले दिएको छ रु केन्द्रले सोध्यो भने हामी छुट्टै सरकार हौं भन्छन्, यसो भनेर देश चल्छ रु’ शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले तीन तहका सरकारबीच समन्वय गर्न नयाँ कानुन बनिरहेको बताए । उनले सबै तहका कर्मचारीको वृत्ति विकास हुने गरी कर्मचारी समायोजन गर्ने भन्दै सचिव थपलियाले एक हप्ताभित्र कर्मचारी समायोजनमा केही प्रगति हुने जानकारी गराए ।
दुर्गममा कर्मचारी जानै नमान्ने प्रवृत्ति समस्याको रुपमा देखिएको भन्दै सचिव थपलियाले विकास निर्माणमा तीन तहका सरकारबीचके समन्वयमा केही खड्किएको बताए ।

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री