डोटीको छपाली वस्ति पहिरोको जोखीममा 

प्रेम नेपाली ।।
अविरल वर्षा संगै आएको पहिरोले डोटीको सायल गाउपालीका वडा न १ छपालीको एउटा घरमा क्षती पूगेको छ । करिव २ सय ५० मिटर माथिवाट खसेको पहिरोसंगै आएको   ढूङ्गाले  स्थानीय गोरख थापाको घरको छेउमा लाग्दा घरको आधा भागमा क्षती भएको हो । घरका सदस्य र गोठमा रहेको गाईवस्तूमा भने कूनै प्रकारको क्षती नभएको सहकर्मी प्रेम नेपालीले खवर पठाएका छन् । डोटीको सायल गाउपालीका वडा न १ छपाली वस्ति नै पूरै पहिरोको जोखीममा रहेको जनाईएको छ । 
गाउको वरपरको विभिन्न भागमा पहिरो जादा स्थानीय जोखीम मोल्दै वस्न वाध्य भएका छन् । साथै आसन्न ओल्केपर्वको मूखैमा स्थानीयको दैनिकि वजार वझाङको देउरा जाने वाटो अवरुद्ध हूदा स्थानीय निरास भएका छन् । ओल्के पर्वमा आवश्यक खाधान्न लगायतका अन्य सामाग्री किनमेलको लागीजान नपाउदा स्थानीयको मौलीक पर्व ओल्के निराशाजनक वनेको छ । तर वझाङको देउरा जाने वाटो खोल्ने योजनामा रहेको डोटीको सायल गाउपालीका अध्यक्ष तेजवहादूर डूम्रेलले वताएका छन् । वाटो खोल्नको लागी आपत्कालिन तयारी भईसकेकोे र सिघ्र वाटो खालीने अध्यक्ष डूम्रेलले आश्वासन दिनूभएको छ । 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा