पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सनराइजर्स हैदरावाद बाहिरियो, फाइनलमा पुग्न कोलकाता र मुम्बई भिड्ने ।।

भारतमा जारी इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा साविक विजेता सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले दोस्रो क्वालिफायरमा आफ्नो स्थान सुरक्षित तुल्याएको छ ।बुधबार राति सम्पन्न म्याचमा पहिले ब्याटिङ गर्दै हैदरावादले सात विकेटको क्षतिमा १२८ रन बनाएको थियो । वर्षाले प्रभावित म्याचको दोस्रो इनिङ निकै ढिलो सुरु भएको थियो । ६ ओभरमा सीमित गरिएको दोस्रो इनिङमा कोलकता सामू जितका लागि ४८ रनको लक्ष्य दिइएको थियो ।पहिलो ओभरमै कोलकाताले महत्वपूर्ण दुई विकेट गुमाएको थियो । दोस्रो ओभरमा अर्को एक विकेट गुमाएको कोलकातालाई लक्ष्य पुरा गर्न सुरुवाती झट्काले कुनै असर गरेन ।दोस्रो क्वालिफायरमा कोलकाताले मुम्बई इन्डियन्सको सामना गर्ने छ । सो खेलको विजेताले फाइनलमा राइजिङ पुणे सुपरजाइन्टसँग उपाधिका लागि भिडन्त गर्ने छ । पुणले मुम्बईलाई पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ ।
 

अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता बिहीबारदेखि

कैलालीको अत्तरीयामा बिहीबारदेखि अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । ट्वेण्टी–ट्वेण्टी संरचनामा खेलाइने प्रतियोगितामा ६ टिमले

दोश्रो राष्ट्रब्यापी शारिरीक सुगठन स्थगित ।।

दोश्रो राष्ट्रव्यापी शारिरीक सुगठन च्याम्पियनसिप स्थगित भएको छ । बैशाख ३० गते आयोजना गर्ने भनिएको च्याम्पियनसिप स्थानिय चुनाव बैशाख ३१ गते गर्ने

मेस्सी, नेइमार र स्वारेजका कारण बार्सिलोना गएनन् गामेइरो

एथ्लेटिको मड्रिडका स्ट्राइकर केविन गामेइरोले बार्सिलोनामा अनुबन्ध हुने मौकाबाट आफू पछि हटेको बताएका छन् । बार्सिलोनाका फ्रन्ट लाइनका तीन खेलाडी

रुस्लान अत्तरीया कप २०७४ अन्तर्गत आज विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश ।।

कैलालीको अत्तरीयामा जारी देशकै सर्वाधिक धनराशीको राष्ट्रिय महिला रुस्लान अत्तरीया कपमा लगातार दोस्रो जितपछि विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश