डडेल्धुराका स्थानीयतहले अझै आयव्यय प्रतिवेदन बुझाएनन् 

शेर नेपाली/रेडियो अमरगढी, साउन ३१ ।
डडेल्धूरा जिल्लाका ७ ओटै स्थानीय तहले हालसम्म गत आर्थिक वर्ष २०७४÷७५ को खर्च प्रतिवेदन बुझाएका छैनन ।
हरेक त्रैमाशिकको खर्च तथा प्रगती विवरण त्रैमाशिक अवधी सकिएको एक हप्ता भित्रै र आर्थिक वर्षभरिको खर्च विवरण आर्थिक बर्ष सकिएको दुई हप्ताभित्र कोष तथा लेखा नियन्त्रणको कार्यालयमा पेश गर्नूपर्ने प्रावधान भएपनि अझै डडेल्धुरा लगायत प्रदेश नं. ७ का अधिकांस स्थानीय तहले चालु आर्थिक बर्षको पहिलो महिना बित्नै लाग्दा पनि गत आर्थिक बर्षको आर्थिक विवरण पेश नगरेका हुन । 
चालू आर्थिक वर्षको साउन महिना बित्नै लाग्दा पनि गत वर्षको खर्च विवरण अझै नवूझाउदा सर्वसाधारण सूचनाको हकबाट बन्चित भएको नागरिक समाजका अगुवाहरुको ठहर छ । प्रदेश ७ का अधिकांस स्थानीय तहले गत आर्थिक बर्षको असार मसान्तका बेला अन्धाधुन्ध बजेट खर्च गरेको र हाल प्रकृया पुगाउन थालिएकाले आर्थिक विवरण पेश गर्न ढिलाई भएको स्थानीयको आरोप छ । डडेल्धूरामा दुई नगरपालिका र पाँच गाउँपालिका गरी ७ ओटा स्थानीय तह रहेका छन् । 
चालु आर्थिक बर्षको पहिलो महिना बित्नै लाग्दा पनि डडेल्धूराका कूनै पनि स्थानीय तहले आयव्यय विवरण नबुझाएको कोष तथा लेखा नियन्त्रणको कार्यालय डडेल्धूराले जनाएको छ  । बजेट बिनियोजनका छूट्टाइएका शिर्षकहरु अनुसार आन्तरिक लेखापरिक्षण र महालेखाबाट लेखा परिक्षण गरी आर्थीक वर्ष सकिएको एक महिनाभित्रै कोष तथा लेखा नियन्त्रणको कार्यलयमा पेश गरीसक्नू पर्ने प्रमूख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा