पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वन सखाप हुदै जाँदा डडेल्धुरामा दुई खोटो संकलक कम्पनि थप ।।

पैसा नै सवै थोक हो भन्ने चरितार्थ डडेल्धुरामा प्रमाणित भएको छ । यस्को उदहारण हो डडेल्धुरामा खोटो संकलन कम्पनी थपिदै जानु । डडेल्धुराका सल्लेरी वन सखाप हुँदै गईरहेको जिल्ला वन कार्यालय डडेल्धुराका प्रमुख ईन्द्रमणी भण्डारीले स्विकार गरीरहेका समयमा खोटो संकलनका लागि भन्दै थप दुई वटा नयाँ खोटो संकलक कम्पनी भित्रिएका छन् । भवानी केमिकल्स प्रालि र दिव्यारोजिन एण्ड टर्पेन्टाईनले अवैध रुपमा खोटो संकलन गरेर सल्लेरी वन सखाप गरिरहेकै समयमा हिमचुली र माउण्ट नामक दुई वटा खोटो संकलक कम्पनीले पनि यसै वर्ष देखी खोटो संकलन गर्ने काम शुरु गरिरहेका छन् ।

अवैध रुपमा खोटो संकलनका कारण डडेल्धुराका सल्लेरी वन सखाप भईरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परि छानविन भएको अवस्थामा डडेल्धुरामा खोटो संकलनलाई रोक्नु पर्ने नभई पुनः दुई वटा खोटो संकलक कम्पनीलाई अनुमती दिनु दुखद भएको राप्रपाका नेता टेकराज पनेरुले वताउनु भयो । यो आर्थीक चलखेल हो,डर देखाएर खोटो संकलन कम्पनीलाई तर्साउने अनि आर्थीक संकलन गरी खोटो संकलन कम्पनीलाई खोटो संकलन गर्न दिनु मन्त्रालय देखी जिल्ला वनको मिलेमतो हुने गरेको समेत पनेरुले वताए ।

अनुगमनको नाटक मात्रै गरिन्छ,अनुगमनमा प्रत्यक्ष रुपमा खोटो संकलन कम्पनी सहभागि हुने भएका कारण त्यो अनुगमनको परिणाम खोटो संकलन गर्ने कम्पनीकै पक्षमा हुने गर्दा अनुमगनको प्रभावकारीता सहि नहुने गरेको डडेल्धुरा वासीको भनाई रहेको छ ।केही दिन पहिले डडेल्धुरामा खोटो संकलन भईरहेका वनको अनुगमन पश्चात तयार पारेको प्रतिवेदन अनुसार जिल्लामा खोटो संकलन कार्यलाई वन्द गर्नु नभई व्यवस्थित पार्नु पर्ने देखिएको जिल्ला वन कार्यालय डडेल्धुराका प्रमुख भण्डारीले वताउनु भयो ।

विगतका दिनमा अनुगमन नगर्दा निर्देशिका विपरित खोटो संकलन हुँदा अहिले समस्या आएको तर अव देखी निर्देशिका अनुसारनै खोटो संकन हुने गरेकाले सल्लेरी वनमा खासै असर नपर्ने उहाको भनाई रहेको छ । प्रतिवेदनको विपरित डडेल्धुराका १६ सामुदायिक वनमा भवानी केमिकल्स प्रालि लाई खोटो संकलनका लागि अनुमती दिएको छ ।  अनुगमनको नाटक मात्रै जिल्ला वन कार्यालय डडेल्धुराले गरेको सामुदायिक वनका  उपभोक्ताले वताएका छन् । खोटो संकलन कम्पनी र जिल्ला वन कार्यालयका कर्मचारीकै मिलेमतोमा जिल्लामा खोटो संकलन निर्देशिका विपरित खोटो संकलन भईरहेको छ ।

खोटो संकलनका लागि पिघ लगाउनका लागि ठाउ नहुँदा पनि डडेल्धुराका सामुदायिक वनमा खोटो संकलन भईरहेको छ । जिल्ला वन कार्यालय डडेल्धुराले दिएको अनुमती अनुसारनै भवानी केमिकल्स प्रा.लि गेटाले खोटो संकलन गरीरहेको छ । डडेल्धुरामा खोटो संकलन कार्य पुर्ण रुपमा वन्द गराउनु पर्ने भनि जिल्ला वन कार्यालय डडेल्धुराले भने पनि आर्थीक प्रलोभनमा खोटो संकलनका लागि भवानी केमिकल्स प्रा.लि लाई दिने गरेको स्रोतले बताएको छ । सामुदायिक वनको कार्ययोजना अनुसार सामुदायिक वनले खोटो संकलन गर्ने पाउने भन्दै खोटो संकलन कम्पनीको मिलेमतोमा खोटो संकलन भईर जिल्ला वन कार्यालय डडेल्धुराले वताएको छ । खोटो संकलन कार्य पुर्ण रुपमा वन्द गर्नु पर्ने भएपनि जिल्लाका १६ सामुदायिक वनको कार्ययोजनामा खोटो संकलन गर्ने भएकाले अनुमती दिएको जिल्ला वन कार्यालय डडेल्धुराले वनताएको छ ।  डडेल्धुरामा ४० वर्ष देखी अवैध रुपमा खोटो संकलन हुँदै आईरहेको छ ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा