घरको छतबाट खसेर चार वर्षीय बालिकाको मृत्यु

बझाङ, साउन २९ । घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ । छतबाट खसेर जिल्लाको जयपृथ्वी नगरपालिका–६ नौराका हरिश कठायतकी चार वर्षीय छोरी एन्जेलिना कठायतको मृत्य भएको हो ।

घरको छतमा खेल्दै गर्दा अचानक उनी छतबाट खसेको जनाइएको छ । सोमबार बिहान घरको छतबाट खसी गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा सोमबार बेलुका मृत्य भएको बताइएको छ ।

रोजगारीका लागि भारत गएका कठायतकी चार बर्षिया छोरी यन्जेलिना कठायतको भारतको निमाङ्सु अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको बालिकाकी आमा भगवती कठायतले जानकारी दिइन् । तीन वर्षदेखि रोजगारी गर्दै सहपरिवार सहित भारतमा बस्दै आएका कठायतकी पहिलो सन्तान एन्जेलिना हुन् ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा