पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डडेल्धुरा जिल्लामा पनि उच्च रक्तचाप भएका व्यक्तिहरुको संख्या दिन–प्रतिदिन बढ्दै ।।

डडेल्धुरा जिल्लामा पनि उच्च रक्तचाप भएका व्यक्तिहरुको संख्या दिन–प्रतिदिन बढ्दै गएको छ । सामान्य भन्दा बढी मोटोपना, मुटुको रोग, उच्च कोलेस्ट्रोल, तनाव लगायतका बिभिन्न कारणले गर्दा डडेल्धुराका अधिकांश नागरिक उच्च रक्तचापबाट दिन–प्रतिदिन ग्रसित हुँदै गएको स्वास्थ्यकर्मीहरुको भनाई छ । हिजो–आज उपक्षेत्रीय अस्पताल डडेल्धुरामा आउने बिरामीको सँख्या मध्ये १५ प्रतिशत व्यक्तिहरुमा उच्च रक्तचापको समस्या देखिने गरेको अस्पतालका सूचना अधिकारी टङ्क प्रसाद पन्तले जनकारी दिनु भएको छ । दैनिक रुपमा आउने करिब डेढ सय जना मध्ये १०–१५ जना व्यक्तिमा उच्च रक्तचापको समस्या देखिने गरेको उँहाको भनाई छ । सामान्य कुराहरु विचार गर्न नसक्दा हृदयघात तथा अन्य मुटु रोगको कारण उच्च रक्तचापले दुःख दिने गरेको तर नियमित व्यायाम गर्ने र चिल्लो पदार्थ तथा सोडियम लवणको सेवन कम गर्ने हो भने रक्तचापलाई नियन्त्रणमा राख्न सकिने उपक्षेत्रीय अस्पताल डडेल्धुराका मेडीकल अधिकृत डा. शेष राज घिमिरेले बताउनु भएको छ । उच्च रक्तचाप भएका व्यक्तिहरुले दैनिक खानपानमा विशेष ध्यान दिनु अति आवश्यक रहेको चिकित्सकहरुको सुझाव छ । 
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा