सिरियाको हतियार भण्डारमा विस्फोट, ३९ सर्वसाधारणको मृत्यु

२८ साउन, काठमाडौं । सिरियाको एक हतियार भण्डारण केन्द्रमा विस्फोट हुँदा ३९ जनाको ज्यान गएको छ । उत्तरपश्चिममा अवस्थित प्रान्त इदलिवमा भएको विस्फोटमा १२ बालबालिका सहित ३९ को ज्यान गएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले हतियार तस्करले हतियार भण्डारण गर्दै आइरहेको भवनमा विस्फोट भएको जनाएका छन् ।  भवनमा सिरियाको मध्यहोम्स प्रान्तबाट विस्थापित भएर आएकाहरु बस्दै आइरहेको बताइएको छ ।
बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमनकारी निकायले विष्फोटबाट भण्डार रहेको भवन पूर्णरूपमा भत्किएको र भग्नावशेषमा थुप्रै मानिस परेको जनाएको छ । फसेकाहरुको उद्धार तथा खोजी कार्य भइरहेको बीबीसीले जनाएको छ ।

पाकिस्तानमा चार आतंककारीलाई फाँसीको सजाय ।।

पाकिस्तानमा चारजना आतंककारीलाई बुधबार फासीको सजाय दिइएको छ । आतंकवादमा संलग्नता रहेको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक

इरानको कोइला खानीमा पहिरो जाँदा २१ को मृत्यु, ७० जना घाइते

इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा पहिरो जाँदा च्यापिएर कम्तिमा २१ जनाको मृत्यु भएको छ ।गोलेस्टन प्रदेशको खानीमा पहिरो जाँदा मिथेन ग्यास

सामूहिक बलात्कार गर्ने चारजनालाई फाँसीको सजाय ।।

भारतको सर्वोच्च अदालतले सामूहिक बलात्कारका चार अभियुक्तलाई फाँसीको फैसाला सुनाएको छ । सन् २०१२ मा राजधानी दिल्लीमा एउटा विद्यार्थीमाथि भएको

ओबामा केयरको सट्टा ट्रम्पको नयाँ स्वास्थ्य विधेयक तल्लो सदनबाट पारित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको नयाँ स्वास्थ्य विधेयक त्यहाँको तल्लो सदन अर्थात हाउस अफ रिप्रेजेन्टेटिभसबाट पारित भएको छ ।   ओबामा