डडेलधुरामा गर्भपतन गराउनेको संख्या वृद्धि, धेरैजसो २० वर्ष मुनिका

आशिष मल्ल, २८ साउन, डडेल्धुरा । प्रदेश नम्बर ७ को पहाडी जिल्लामा रहेको एक मात्र उपक्षेत्रीय अस्पताल डडेल्धुरामा अझै डाक्टर अभाव छ । तर, दरबन्दीअनुसारका चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या भए पनि गर्भपतन गराउनेको संख्या भने वर्षेनी बढ्दै गएको छ ।
अस्पतालमा एक जना मेसुसहित २१ जना कन्सलटेन्ट र १८ जना मेडिकल अधिकृतको दरबन्दी रहेकोमा एक जना पनि कन्सलटेन्ट छैनन् । मेडिकल अधिकृत पनि ६ जना मात्र रहेको अस्पतालको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
१ सय शय्याको उपक्षेत्रीय अस्पतालमा अहिले विभिन्न तहका गरी जम्मा १ सय २७ जना कर्मचारी कार्यरत छन् ।
दरबन्दीअनुसार स्वास्थ्यकर्मी नभएका कारण उपक्षेत्रीय अस्पतालको उपचार गुणस्तरीय नभएको अमरगढी नगरपालिका ५ का वडा अध्यक्ष खेमराज पाठकले बताए । ‘कर्मचारी अभावकै कारण रातिको समयमा इमरजेन्सीमा र अन्य वार्डमा कुनै पनि कर्मचारी पाइँदैनन्,’ उनले भने ।

गर्भपतन गराउनेको संख्या वृद्धि

अस्पतालको वार्षिक प्रतिवेदनले सुरक्षित गर्भपतन गर्नेको संख्यामा वृद्धि भएको समेत देखाएको छ । पछिल्लो ३ वर्षको तथ्यांक हेर्दा धेरैजसो २० वर्ष मुनिका किशोरीले गर्भपतन गराएको छ ।
आर्थिक वर्ष ०७२र७३ मा १ सय ३० जनाले गर्भपतन गराएकोमा ०७३र७४ मा २ सय ३ जनााले गर्भपतन गराएको तथ्यांक छ । यो वर्ष उक्त संख्या बढेर २ सय ५९ पुगेको प्रतिवेदनमा उल्लेख छ ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा