रेडियो अमरगढी भोलि देखि नवौँ बर्षमा प्रवेश गर्दै, भब्य कार्यक्रमका साथ बार्षिकोत्षव मनाइने ।।

फोकस नेपालद्धारा सञ्चालित सामुदायिक रेडियो अमरगढी ९७.४ मेघाहर्ज डडेल्धुरा भोली देखि आफ्नो प्रसारण यात्राको नवौँ बर्षमा प्रवेश गर्दैछ । २०६७ साउन २६ गते देखी नियमित प्रसारण आरम्भ गरेको रेडियोले भोलिदेखि आफ्नो प्रसारण यात्राको नवौँ बर्षमा प्रवेश गर्न लागेको हो । “प्रभावकारी आाम संचार, सुसासन र जनमैत्री स्थानिय सरकार, आर्थिक समृदीको आधार” भन्ने मूल नाराका साथ रेडियो अमरगढीको नवौ बार्षिकोत्षव कार्यक्रम भब्य रुपमा मनाउन लागिएको रेडियोका स्टेशन म्यानेजर लोकेन्द्र ओझाले बताएका छन । 
दिवसको अवसर पारेर आज डडेल्धुरा सदरुकाममा रहेको बाल मन्दीरमा शैक्षीक सामाग्री वितरणको कार्यक्र रहेको छ । बाल मन्दीरमा रहेका ६ जना बिद्यार्थिलाई आज बिहान ९ बजे तिर स्कुल ड्रेस, सहित शैक्षीक सामाग्री वितरण गरिने रेडियोका प्रबन्ध निर्देशक छत्र साउदले बताएका छन् । यस्तै स्याउवारी होटेलमा अन्तरक्रिया कार्यक्रम गरिने म्यानेजर ओझाले बताएका छन् । यस्तै आजै महिला तथा बालबालिका सुरक्षीत आवास गृह सम्बन्धी बृहत छलफल गरिने जनाईएको छ ।
यस्तै स्याउवारी होटेलमा नै भोली बिहान ७ बजेदेखि औपचारीक कार्यक्रमको उद्धाटन गरि मनाइने भब्य बार्षिकोत्षव कार्यक्रम अन्तर्गत स्थानिय तहका जन प्रतिनिधि, रेडियोमा रिपोर्टर, स्रोताहरुलाई सम्मानको कार्यक्रम रहेको छ । 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा