पाकिस्तानी गायिका रेशमाको श्रीमानले गरे गोली हानी हत्या

साउन २४, २०७५ बिहिवार  - पाकिस्तानकी चर्चित गायिका तथा नायिका रेशमाको श्रीमानले गोली हानेर हत्या गरेका छन् । खबरहरुका अनुसार जग्गाको विवादका कारण गायिकाका श्रीमानले उनको हत्या गरेका हुन ।

उनको हत्या पाकिस्तानको खैबर पख्तुनवामा भएको हो । रेशमा उनका श्रीमानकी चौथी श्रीमती थिइन् । श्रीमानसँगको विवादपछि उनी आफ्ना भाइको घरमा बस्दै आएकी थिइन् । 

पाकिस्तानी मिडियाका अनुसार आरोपीले घरभित्र छिर्ने बित्तिकै गोली चलाउन सुरु गरेका थिए । गोली लागेर गम्भीर घाइते भएकी रेशमाको घटनास्थलमै मृत्य भएको हो । गायिकाको मृत्यु श्चात आरोपिले घरमा लुटपाट भएको जस्तो माहोल बनाउदै घटना ढाकछोप गर्ने प्रयास गरेका थिए । यो घटना अगस्ट १ मा घटेको भए पनि ढिलो गरी सार्वजनिक भएको हो । 

पाकिस्तानको खैबर पख्तुनवामा महिला कलाकारहरुमाथि कयौं अपराधका घटनाहरु घट्ने गर्छन । यस अघि त्यही ठाउँमा फेब्रुअरीमा एक महिला कलाकालाई पार्टीमा नाच्न नमानेको भन्दै गोली हानी हत्या गरिएको थियो । 

रेशमा पाकिस्तानमा पश्तो गीतकी चर्चित गायिका थिइन् । यसका साथै उनी पाकिस्तानी ड्रामा झोबाल गोलुनामा गरेका अभिनयका कारण पनि चर्चित थिइन् । 

पाकिस्तानमा चार आतंककारीलाई फाँसीको सजाय ।।

पाकिस्तानमा चारजना आतंककारीलाई बुधबार फासीको सजाय दिइएको छ । आतंकवादमा संलग्नता रहेको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक

इरानको कोइला खानीमा पहिरो जाँदा २१ को मृत्यु, ७० जना घाइते

इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा पहिरो जाँदा च्यापिएर कम्तिमा २१ जनाको मृत्यु भएको छ ।गोलेस्टन प्रदेशको खानीमा पहिरो जाँदा मिथेन ग्यास

सामूहिक बलात्कार गर्ने चारजनालाई फाँसीको सजाय ।।

भारतको सर्वोच्च अदालतले सामूहिक बलात्कारका चार अभियुक्तलाई फाँसीको फैसाला सुनाएको छ । सन् २०१२ मा राजधानी दिल्लीमा एउटा विद्यार्थीमाथि भएको

ओबामा केयरको सट्टा ट्रम्पको नयाँ स्वास्थ्य विधेयक तल्लो सदनबाट पारित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको नयाँ स्वास्थ्य विधेयक त्यहाँको तल्लो सदन अर्थात हाउस अफ रिप्रेजेन्टेटिभसबाट पारित भएको छ ।   ओबामा