पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बुधबारको हुरीले डडेल्धुराका दर्जनौ घरमा क्षति

बुधबार अपरान्ह् तिर चलेको हुरी बतासले डडेल्धुराका दजनौ घरमा क्षति पु¥याएको छ । हुरी बतासले डडेल्धुरा सदरमुकाम आसपासका क्षेत्रमा मात्रै दर्जनौ घरमा क्षत पुगेको स्थानियले बताएका छन । सदरमुकाम नजिक किर्तीपुर, पोखरा लगायत आसपासको क्षेत्रमा दजनौ जस्तापाताले छाएका घरका छाना उडाएको हो ।

छाना उडाएका स्थानहरुमा नेपाल प्रहरी, शसस्त्र प्रहरीले स्थानियको उद्धार गरेका थिए । हावा हुरीका कारण ठुलो धनजनको क्षति भने नभएको प्रहरीले जनाएको छ । घरको छानो उडाउदा भने स्थानियलाई अर्काको घरमा शरण लिनु पर्ने भएको छ । कतिपय घरमा डेरागरी बस्ने नागरिक भएकाले तत्काल घर उपलब्ध नहुँदा समस्या परेको स्थानिएको भनाई छ ।

यस्तै बैशाख महिनाको अन्तिम देखि लगातार रुपमा परेको असिना पानिले किसानले लगाएको तरकारी खेतिमा क्षति पु¥याएको छ । तरकारी बिक्रि गरी गँहु खरिद गर्ने समयमा परेको असिना पानिले निकै समस्या उत्पन्न गरेको व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका अमरगढी नगरपालिका–७ पोखराका किसानले बताएका छन । आज अपरान्ह तिर परेको ठुलो असिना पानिले अहिले सम्म बचाई राखेको सबै तरकारी नष्ट गरेको भन्दै किसान चिन्तित बनेका छन ।

सरकारी तथा विभिन्न गैर सरकारी कार्यालयहरुको विभिन्न सहयोग तथा आफ्नै लगानिमा व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका किसानको तरकारीबालि नष्ट हुदा खाद्यान्नखरिद एवं घर खर्च चलाउन मुस्किल हुनेभन्दै किसान चिन्तित बनेका छन । 
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा