मन्त्रीलाई लिएर सडक अनुगमनमा नेता नेपाल

काठमाडौं  साउन २४, २०७५ बिहिवार – नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता माधवकुमार नेपाल मन्त्री, प्रदेश सांसद र विभागका सचिवसहित ठेकेदारलाई समेत लिएर सडक अनुगमनमा निस्कनुभएको छ ।

नेता नेपाल बिहीबार चाबहिल–बौद्ध–साँखु–जोरपाटी सडकको अनुगमनमा निस्कनुभएको हो । काठमाडौं क्षेत्र नम्बर २ का सांसद समेत रहेका नेता नेपाल प्रदेश सांसद रामेश्वर फुयाँल, यातायात मन्त्री रघुवीर महासेठसमेतलाई लिएर सडक निर्माणको अनुगमनमा निस्कनुभएको हो ।

उहाँले अनुगमनका क्रममा काममा ढिलाई गर्ने ठेकेदार माथि कारबाही गर्ने चेतावनी दिनुभएको छ । उहाँले आफू १५ दिनपछि अनुगमनमा आउँदा सडकमा रहेको खाल्डाखुल्डी पुरिनुपर्ने बताउनुभयो । ठेकेदारले १५ दिनपछि सबै खाल्डाखुल्डी पुरिसक्ने प्रतिबद्धता जनाएका थिए ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा