सार्वजनिक सुरक्षा ऐन संशोधनसहित संघीय संसदमा पठाउने निर्णय पारित

काठमाडौं साउन २४, २०७५ बिहिवार – प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था समितिले सार्वजनिक सुरक्षा ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक २०७५ लाई संसोधनसहित संघीय संसदमा पठाउने निर्णय गरेको छ । 

बिहीबार सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकले विधेयकमाथि सामान्य छलफल गरी संसोधनसहित संघीय संसदमा पठाउने निर्णय गरेको हो । समितिको बैठकको सभापतित्व गर्नुभएका जेष्ठ सदस्य दिलेन्द्रप्रसाद बढुले संसोधनसहित विधेयकलाई संघीय संसदमा पठाउन राखेको प्रस्ताव सर्वसम्मति पारित भएको हो ।

सदस्यहरु संञ्जय गौतम र मिनाक्षी झाले मुल ऐनको दफा १२ को प्रस्तावित संशोधनमा संभवन भएसम्म भन्ने शब्द झिक्नुपर्ने भन्दै संसोधन प्रस्ताव दर्ता गराउनुभएको थियो ।

गौतम र समिति सदस्य देवेन्द्र कँडेलले नजरबन्दमा राखिएका व्यक्तिलाई छोड्नुपर्दा उनको परिवार वा नजिकको नातेदारलाई रोहबरमा राख्नु उपयुक्त हुने भन्दै त्यहाँ उल्लेखित संभव भएसम्म भन्ने शब्द झिक्नुपर्ने धारणा राख्नुभएको थियो ।

समितिबाट सर्वसम्मति पारित भएको सार्वजनिक सुरक्षा ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक २०७५ आगामी प्रतिनिधिसभाको बैठकमा पेस हुनेछ ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा