पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

धेरै समयको अन्यौलता पछी अन्ततह राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ परीक्षाका लागि नया मिति तोक्योे ।।

धेरै समयको अन्यौलता पछी अन्ततह राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ परीक्षाका लागि नया मिति तोक्दा बिद्यार्थीहरु आफ्नो तयारीमा जुटेका छन । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षाको नयाँ मिति तय गरेपछी बिद्यार्थीहरु आफ्नो तयारीमा जुटेका हुन । तय गरेको नया मिति अनुसार अब परीक्षा असार ८ गतेबाट सुरु हुने भएको छ । यस अघि बैशाख २४ गते देखि जेठ ३ गते सम्मका लागि तय भएको कक्षा ११ को परीक्षा पहिलो चरणको निर्वाचनको समयमै परेपछि असार १ गते बाट गर्ने गरी सारिएको थियो । तर जेठ ३१ गते दोश्रो चरणको निर्वाचन गर्ने सरकारको निर्णयले सारिएको मिति फेरि परिवर्तन गरिएको हो । पहिलो २÷३ वटा परीक्षालाइृ मात्रै पछि सारेर अरु यथावत गर्ने विकल्पमा समेत छलफल भएपनि बोर्डले असार ८ गते गर्ने निर्णय गरेको हो । देशको विशेष परिस्थितीका कारण मिति परिवर्तन गर्नु परेको र तोकिएको मितिमा सफलतापूर्वक परीक्षा सम्पन्न गर्न बोर्ड तयार रहेको परीक्षा नियन्त्रक डम्बर कुमार बतासले बताउनु भयो । यस अघि कक्षा १२ को परीक्षा ब्यवस्थित गर्न नसकेको भन्दै नियन्त्रक सन्तोष अर्याललाई पदमुक्त गरेर बतासलाई जिम्मेवारी दिईएको थियो । उहाका सामू परीक्षा ब्यवस्थित गर्ने काम चुनौती पूर्ण छ ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा