कैलालीमा सहकारीका कर्मचारीमाथि छुरा प्रहार

धनगढी, साउन २४ । कैलालीको चुरे गाउँपालिका ४ बालुवागडामा सहकारीका कर्मचारीमाथि छुरा प्रहार भएको छ। किसान बहुद्देश्यीय सहकारी संस्था चौमालामा कार्यरत लम्की चुहा नगरपालिका ५ का पुष्कर न्यौपानेलाई मखुन्डो लगाएका दुई जनाले छुरा प्रहार गरेको चौमला प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरि ओलीका अनुसार घाइते न्यौपानेको दायाँ हात र पेटमा चोट लागेको छ। मोटरसाइकलमा रहेका उनलाई रोकेर आक्रमण गरेपछि आक्रमणकारी भागेका थिए।

बालुवागडाबाट सहकारीको रकम संकलनको काम सकेर फर्कंदै गरेका न्यौपानेलाई बालुवागडा नजिक बाटोमा आक्रमण भएको हो। बुधबार दिउँसो पौने १२ बजे घटना भएकोमा ढिलो गरी खबर आएको प्रहरीले बताएको छ। घाइतेको धनगढीको सिपी अस्पतालमा उपचार भइरहेको छ। छुरा प्रहार गर्ने दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

युएईबाट कुवेत पुर्‍याउन लागिएका ३२ महिलाको उद्धार ।।

भारतको बाटो भएर युएई पुगेका ३२ महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि पुगेका नेपाली महिलासँग आवश्यक कागजात नभएपछि त्यहाँको अध्यागमनले फिर्ता

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै ।।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय

साउदीमा जेल परेका आफन्त फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारको आरोप ।।

जेलमा रहेका आफन्तलाई फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारले आरोप लगायका छन । दुई वर्ष अघि एनएसओ कन्सल्ट प्रालि म्यानपावरबाट साउदी गएका कैलालीका

‘भक्तपुरमा सुरक्षा व्यवस्था कडा’

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय