एघारलाख लगानी वालूवामा पानी  


शेर नेपाली /रेडियो अमरगढी
साउन २२ ।
जिल्लाको गन्यापधुरा गाउपालिका–२ कूजाकोटमा खानेपानी उपपरीयोजना निमार्ण सम्पन्न भएको छोटो समयमै धाराहरु सूख्खा भएका छन् ।
कुजाकोटका दलीत परिवारका लागी मात्रै आएको खानेपानी योजना निमार्णको छोटो समयमै धाराहरु सूख्खा हून थालेका हून् । ३२ दलीत घरधूरी लाभान्वित हूनेगरी ०७२ असार १५ देखी ०७३ असार १४ सम्म परियोजना अवधी तोकीएको थीयो । तर सो परियोजना ढिलोगरी ०७४ मा मात्रै सम्पन्न भएको थियो । 
ढिलो गरी भए पनि निमार्ण भएकोे खानेपानी परियोजनाले दिगो रुपमा सेवा प्रभाव नहूदा स्थानीय दलीत परिवारमा निराशा छाएको छ । साथै खानेपानीको लागी सो ठाउका दलीतपरिवारले स्थानीय ढूङ्गेधारामा धाउनू पर्ने समस्या कायमै रहेको छ । खानेपानी निमार्णको समयमा केहि राहत भएपनि बर्ष दिन पुरा हुन नपाउदै पूरानै दिन आएको कूजाकोटका स्थानियहरुको भनाई रहेको छ । 
कमशल र गूणस्तरहीन निमार्ण सामाग्रीको प्रयोगले गर्दा निमार्ण गरीएका धाराहरु र ट्याङ्की अहिले जिर्ण हुदै गएका छन् । 
गरीवी न्यूनिकरणका लागी भौतीक पूर्वाधार निमार्ण कार्यक्रम, गरिवि निवारणकोषको ९ लाख ४३ हजार १ सय ९६ र लटेश्वर सामूदायीक संस्थाको २ लाख ६२ हजार ५६ गरी कूल ११ लाख ९६ हजार २६२ रुपैयाको लागतमा खानेपानी उपपरीयोजना निमार्ण गरीएको हो । जम्मा ६ ओटा धाराहरु र  एउटा ईन्टेक निमार्णको लागी  सो वजेट छूट्टयाईएको थीयो ।  ग्रामिण दलित सूधार समिति आर आई सि डडेल्धूराको सहयोग र गरिवि निवारण कोष ताहचल काठमाडौको दातृ सहयोगमा निर्माण सम्पन्न भएको हो । तर खानेपानी निमार्णको केहि समयमै धाराहरुमा पानी अपूग हून थालेको छ । अहिले सो ठाउका दलीत वासिन्दालाई खानेपानी निमार्ण हर्ष न विस्मात जस्तै भएको छ ।
 

युएईबाट कुवेत पुर्‍याउन लागिएका ३२ महिलाको उद्धार ।।

भारतको बाटो भएर युएई पुगेका ३२ महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि पुगेका नेपाली महिलासँग आवश्यक कागजात नभएपछि त्यहाँको अध्यागमनले फिर्ता

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै ।।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय

साउदीमा जेल परेका आफन्त फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारको आरोप ।।

जेलमा रहेका आफन्तलाई फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारले आरोप लगायका छन । दुई वर्ष अघि एनएसओ कन्सल्ट प्रालि म्यानपावरबाट साउदी गएका कैलालीका

‘भक्तपुरमा सुरक्षा व्यवस्था कडा’

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय