डडेल्धुरामा बिपद प्रतीकार्यलाई प्रभावकारी बनाउन डेढ लाख बराबरका सामाग्री हस्तान्तरण


 साउन २२ तपेन्द्र विष्ट डडेल्धुरा । 
बिपद प्रतीकार्यलाई प्रभावकारी बनाउन जिल्ला विपद व्यवस्थापन समिती जिल्ला आपतकालीन कार्य संचालन केन्द्र डडेल्धुरालाइ एक लाख ४९ हजार ७५ रुपया बराबरका सामाग्री हस्तान्तरण गरिएको छ । बर्षातको समयमा विभिन्न विपद आउन सक्ने भन्दै बिभीन्न आवश्यक उद्धार तथा व्यवस्थापन सामाग्री हस्तान्तरण गरीएको अनुकुलन परियोजनाका अनुगमन तथा मुल्याङ्कन अधिकृत सिवराज पाठकले बताउनु भएको छ । मंगलवार जिल्ला बिपद व्यवस्थापन समीतीको बैठकबाट बिभीन्न आवश्यक उद्धार तथा व्यवस्थापन सामाग्री हस्तान्तरण गरीएको हो । 
डि. एफ. आइ. डि को आर्थीक सहयोग, आइ डि नेपालको अगुवाइ र बहुउद्धेश्यीय बिकास समाज डडेल्धुरा मार्फत उक्त राहत सामाग्री हस्तान्तरण गरीएको सहायक प्रमुख जिल्ला अधीकारी तथा जिल्ला बिपद व्यवस्थापन समिती डडेल्धुराका सदस्य सचिव करुणाकर अवस्थीले बताउनु भयो । सामाग्री अन्र्तगत नाइनल रोप, डायनोमीक रोप, नाइनल स्ट्राटेटिक रोप, सिभिक हर्नेस, चेष्ट हर्नेस, ब्रार्च ड्रिल, ड्रिल मेसिन र लाइभ ज्याकेट हस्तान्तरण गरीएको छ । सामाग्री ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जिल्लामा हुने विपदका घटनामा कमी आउने विश्वास व्यक्त गर्नु भयो । 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा