संविधान संशोधनको विकल्प छैन : उपप्रम यादव

भक्तपुर, साउन २२ । उपप्रधानमन्त्री उपेन्द्र यादवले संघीयता र गणतन्त्रलाई बलियो बनाउन संविधान संशोधनको विकल्प नभएको बताएका छन् ।

संघीय समाजवादी फोरम नेपालको भक्तपुर नगर भेलालाई सम्बोधन गर्दै फोरमका अध्यक्ष यादवले सबैको समान अधिकार पाउने अवस्था सिर्जना गर्न संविधान संशोधन अनिवार्य भएको बताए ।

उनले भने–‘संविधान संशोधन गर्ने, किनारा लाग्न बाँकी राष्ट्रिय मुद्दाको सम्बोधन गर्ने र विगतमा भएका विभिन्न आन्दोलनको उपलब्धिलाई संस्थागत गर्ने सहमति भएर हामी सरकारमा आएका हौं । अहिले सहमतिलाई पूरा गर्ने अभियानमा हामी लागेका छौं ।’

अहिलेकै संविधानका प्रावधानबाट पछाडि परेका वर्ग, जाति, भाषा, धर्म र भूगोलको समस्या एवं अधिकार सम्बोधन गर्न असम्भव भएको बताउँदै यादवले भने–‘अहिलेसम्म केही सीमित व्यक्तिको वरिपरिमात्रै सत्ता घुमेको छ । सत्ताको पहुँचसम्म नेवार, मधेसी, जनजाति, दलित र पहाडका खसको पहुँच पुगेको छैन । अब पहुँचको विस्तार गर्नुपर्छ ।’

स्वास्थ्यमन्त्री यादवले सबै नेपालीलाई आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन गाउँगाउँमा यस वर्ष एक हजार २०० ओटा केन्द्र स्थापना गरिने बताउँदै स्वास्थ्य क्षेत्रमा महिलाको अधिकार स्थापित गर्न विधेयक ल्याइने जानकारी दिए ।

उनले मन्त्रालयले भक्तपुर अस्पतालका लागि एम्बुलेन्स ल्याइसकेको र अब केही दिनभित्रै हस्तान्तरण गरिने बताए । कार्यक्रममा उनले पार्टीको भक्तपुर नगर समितिमा चुनिएका पदाधिकारीलाई शपथ खुवाएका थिए ।

त्यस अवसरमा पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ तथा केन्द्रीय सदस्य कृष्णबहादुर घजु, वीरेन्द्र प्रधान, आङडेण्डी शेर्पा र भक्तपुर जिल्ला अध्यक्ष दीना लामाले संविधानमार्फत् सबैको अधिकार सुनिश्चित गर्नुपर्ने बताएका थिए ।

मंगलबारको भेलाले फोरम भक्तपुर नगर समिति गठन गरेको छ ।

समितिका अध्यक्षमा श्याम शिलाकार, उपाध्यक्षमा रमेश बल्ल, सचिवमा सुरेन्द्र ध्वंजु, कोषाध्यक्षमा सचिन मुनकर्मीसहित सदस्य छन् । 

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री