पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अछाममा खेलमैदान अभावमा खेतबारीमै क्रिकेट प्रतियोगिता सञ्चालन गर्नुपर्ने बाध्यता ।।


अछाममा खेलमैदान अभावमा खेतबारीमै क्रिकेट प्रतियोगिता सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । अछाम सदरमुकाम मंगलसेनको पुरानो जिल्ला बिकास समितिको कार्यालय उत्तरपट्टिको खेतबारीमा  बैशाख ३१ गतेबाट जिल्लास्तरिय क्रिकेट प्रतियोगिताको चौथो सस्करण चलिरहेको छ । मैदानको अभावमा खेतका गह्रामा पनि क्रिकेट प्रतियोगिता आयोजना हुनु र दर्शक तथा सहयोगीहरुको बाक्लो साथ हुनुले पनि क्रिकेट खेलप्रति ग्रामिण भेगका स्थानीयको पनि क्रेज बढ्दो अवस्थामा रहेको देखिन्छ ।

यु–१९ बाट राष्ट्रिय प्रतियोगिता खेलिसकेका सागर भण्डारीले खेतका गह्रामा भए पनि जिल्लास्तरिय प्रतियोगिता आयोजना हुनुले युवा पुस्तामा क्रिकेट खेलप्रतिको क्रेज निकै बढेको बताए । यस्तै गह्रामा खेलेर पनि राष्ट्रलाई योगदान पु¥याउन सक्ने खेलाडी जन्माउन सकिने उनले विश्वास व्यक्त गरे । आयोजक ए स्टार यूवा क्लबका अध्यक्ष तपेन्द्र बिष्टले क्रिकेट खेलप्रति युवाको आकर्षण बढेकाले गह्रामा भएपनि प्रतियोगिता आयोजना गरिएको सुनाए । सहयोगी निकाय तथा दर्शकको बाक्लो उपस्थितीले पनि प्रतियोगिता संचालनमा थप हौसला मिलेको बिष्टले बताए ।

१० ओभरमा खेलाइने प्रतियोगितामा प्रथम हुने टिमले ३५ हजार नगद, मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । ए स्टार यूवा क्लब मंगलसेनले आयोजना गरेको उक्त प्रतियोगितामा जिल्लाभरका बिभिन्न १६ टिमले सहभागिता जनाएका छन । स्थानीयलगायत राष्ट्रिय तथा क्षेत्रीय स्तरका प्रतियागितामा सहभागि खेलाडी पनि बिभिन्न टिममार्फत खेल खेलिरहेका छन ।

अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता बिहीबारदेखि

कैलालीको अत्तरीयामा बिहीबारदेखि अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । ट्वेण्टी–ट्वेण्टी संरचनामा खेलाइने प्रतियोगितामा ६ टिमले

दोश्रो राष्ट्रब्यापी शारिरीक सुगठन स्थगित ।।

दोश्रो राष्ट्रव्यापी शारिरीक सुगठन च्याम्पियनसिप स्थगित भएको छ । बैशाख ३० गते आयोजना गर्ने भनिएको च्याम्पियनसिप स्थानिय चुनाव बैशाख ३१ गते गर्ने

मेस्सी, नेइमार र स्वारेजका कारण बार्सिलोना गएनन् गामेइरो

एथ्लेटिको मड्रिडका स्ट्राइकर केविन गामेइरोले बार्सिलोनामा अनुबन्ध हुने मौकाबाट आफू पछि हटेको बताएका छन् । बार्सिलोनाका फ्रन्ट लाइनका तीन खेलाडी

रुस्लान अत्तरीया कप २०७४ अन्तर्गत आज विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश ।।

कैलालीको अत्तरीयामा जारी देशकै सर्वाधिक धनराशीको राष्ट्रिय महिला रुस्लान अत्तरीया कपमा लगातार दोस्रो जितपछि विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश