सार्वजनिक यातायात सेवा दर्ता गर्न ६ महिनाको समय

साउन २२, काठमाडौं – सरकारले सार्वजनिक यातायात सेवा दर्ता गर्न ६ महिनाको समय दिएको छ । यातायात व्यवस्था विभागले सबै सार्वजनिक यातायात व्यवसायीलाई आउँदो माघ मसान्तसम्ममा आफ्नो सेवा दर्ता गर्न निर्देशन दिएको हो । 
यो अवधिभित्रपनि सेवा दर्ता नगरे, अहिले चलाइरहेको रुटको इजाजतपत्र खारेज गरिने विभागले जनाएको छ । उनीहरुलाई नयाँ रुटमा इजाजतपत्र पनि नदिने विभागले जनाएको छ । यसअघि चैतमा यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, संशोधन जारी गर्दै सरकारले गएको असार मसान्तसम्ममा सबै सार्वजनिक गाडीलाई दर्ता गर्न निर्देशन दिएको थियो ।
तर त्यो समयमा सबै व्यवसायीलाई पञ्जिकरणमा आउन समस्या भएपछि समय थप्नुपरेको विभागले जनाएको छ । सरकारले यातायात क्षेत्रमा भएको सिन्डिकेट अन्त्यको लागि निर्देशिका जारी गरेको दाबी गर्दै आए पनि व्यवहारमा भने सिण्डिकेट अन्त्य भएको छैन ।  

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री