नेपाली राष्ट्रिय टोलीले आज थाइल्याण्डको पुलिस टेरो क्लबसँग अभ्यास खेल खेल्ने

साउन २२, काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार थाइल्याण्डको पुलिस टेरो क्लबसँग अभ्यास खेल खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ५ बजेपछि थाइल्याण्डमा सुरु हुनेछ । एसियाड र साफ च्याम्पियनसिपको तयारीका क्रममा नेपाली टोली थाइल्याण्ड पुगेको हो ।
मंगलबार नेपाली टीममा रोहित चन्द र किरण चेम्जोङ हुने छैनन् । रोहितलाई उनी आवद्ध रहेको इण्डोनेशियाको क्लबले नपठाएको हो भने किरण आज मात्र थाइल्याण्ड जानेछन् ।

चोटका कारण भरत खवास पनि थाइल्याण्ड गएका छैनन् । नेपालको २३ वर्षमुनिको टोली अभ्यास खेलमा आउँदो शुक्रबार थाइल्याण्डको २३ वर्षमुनिको टोलीसंग खेल्नेछ । साफ र एसियन गेम्सको लागि एन्फाले २६ खेलाडीलाई अभ्यासका लागि थाइल्याण्डमा पठाएको हो । थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसियामा जानेछ । 

अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता बिहीबारदेखि

कैलालीको अत्तरीयामा बिहीबारदेखि अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । ट्वेण्टी–ट्वेण्टी संरचनामा खेलाइने प्रतियोगितामा ६ टिमले

दोश्रो राष्ट्रब्यापी शारिरीक सुगठन स्थगित ।।

दोश्रो राष्ट्रव्यापी शारिरीक सुगठन च्याम्पियनसिप स्थगित भएको छ । बैशाख ३० गते आयोजना गर्ने भनिएको च्याम्पियनसिप स्थानिय चुनाव बैशाख ३१ गते गर्ने

मेस्सी, नेइमार र स्वारेजका कारण बार्सिलोना गएनन् गामेइरो

एथ्लेटिको मड्रिडका स्ट्राइकर केविन गामेइरोले बार्सिलोनामा अनुबन्ध हुने मौकाबाट आफू पछि हटेको बताएका छन् । बार्सिलोनाका फ्रन्ट लाइनका तीन खेलाडी

रुस्लान अत्तरीया कप २०७४ अन्तर्गत आज विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश ।।

कैलालीको अत्तरीयामा जारी देशकै सर्वाधिक धनराशीको राष्ट्रिय महिला रुस्लान अत्तरीया कपमा लगातार दोस्रो जितपछि विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश