पारीखेत बडाल जोड्ने पूल निर्माणको म्याद सकियो÷काम अझै सकिएन

शेर नेपाली÷डडेल्धुरा, साउन २१ । 
पारीखेत बडाल जोड्ने पूल निमार्णको म्याद सकिएको छ । म्याद सकिए पनि कामभने अझै पूरा भएको छैन । दूई वर्ष अगाडी ठेक्का सम्झौंता भएको पारीखेत वडाल जोड्ने पूल निर्माणकार्य समयमानै नहूदा स्थानीय आक्रोसित भएकाछन् । गत असार मसान्तमानै कामसम्पन्न हूने भनेपनि निर्माण कार्य सूस्त गतीका कारण समयमै सम्पन्न नभएको स्थानीयको आरोप छ । अढाई करोडको लागतमा सडक डिभिजन कार्यलय कूलपाते डोटीले पूल निमार्णको जीम्मा लीएको थीयो । जील्लाको गन्यापधूरा गाउपालीका अन्तरगत २ न वडामा निमार्णाधिन अवस्थामा रहेको पूलको काम अहिले स्थगीत भएको छ । 
तर पूलनिर्माणको काम म्यादथप गरी आउदो भदौ, असोज पछि पूनःथालनी गरीने पूलनिमार्णमा खटिएका सवईन्जिनियर मान वहादूर विष्टले वताउनूभयो ।  पूल निर्माणको काम ८० प्रतिशत सकिएको पनि उनले जिकिर गर्नूभयो । निमार्णका क्रममा स्थानिय, प्रदेश र संघको निर्वाचन तथा समय –समयमा सामाग्रीको अभाव लगायतको अवरोधले निमाणकार्य समयमै सम्पन्न नभएको उहाको भनाई छ । पूल निमार्णको काम अव २० प्रतिशत मात्रै भएकाले भदौ र असोजमा सम्पन्न गरीसक्ने उहाले जानकारी दिनूभयो । 
साथै सो क्षेत्रमा पूल नहूदा सवारी साधन आवत जावत गर्न निकै समस्या मोल्नू परेको गाडी सञ्चालकहरुले वताएका छन् । अहिले झरीको समय भएकाले झनै चूनौती वढेको उनिहरुको भनाई छ । वर्षातको समयमा स्थानीय लामीखेती गाडमा पानीको वहाव निकै उच्च हूने गर्छ । गाडमा वहाव उच्च भएपछि पानीको मात्रा नघटेसम्म सो क्षेत्रमा गाडीहरु सञ्चालनमा आउन सक्दैनन् । जसले गर्दा स्थानीय लाई सदरमूकाम लगायत अन्य ठाउहरुमा दैनिक कामकाजको लागी समेत आवत जावत गर्न कठिनाई हूने गर्दछ । उक्त पूलको निमार्ण पछि पारीखेत, बडाल, कैलपाल हूदै डोटीकोे लेटीसम्मका वासीन्दाले सहज यात्रा गर्न पाउनेछन् । 
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा