साउदी अरेविया र क्यानडाबीच सम्बन्ध चिसियो, राजदुतलाई देश छाड्न आदेश

सोमबार, २१ साउन, २०७५ । साउदी अरेवियाले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै क्यानडासँग सबै किसिमका व्यापार र लगानीसम्बन्धी कारोबार रोक्का गरेको छ । 

क्यानाडाका राजदूतलाई २४ घण्टाभित्र देश छाड्न आदेश दिइएको र आफ्ना राजदूतलाई क्यानडाबाट फिर्ता बोलाउने निर्णयसमेत गरिएको छ ।

साउदी अरेबियामा विभिन्न मानवअधिकारकर्मी पक्राउ परेकामा क्यानडाले गम्भीर चिन्ता व्यक्त गरेपछि दुई मुलुकको सम्बन्ध चिसिएको हो ।

क्यानडाको प्रतिक्रियालाई आफ्नो मुलुकमाथि आक्रमणको रुपमा लिइएको साउदी विदेश मन्त्रालयले जनाएको छ ।

पक्राउ पर्नेमा साउदी मुलका अमेरिकी महिला अधिकारकर्मी समार बादवी पनि छन् ।

बादवीले साउदी अरबियामा पुरुष राजकुमारहरूको दबदबा अन्त्य हुनुपर्ने माग गरेकी थिइन् ।

युवराज मोहमद बिन सलमानको नेतृत्वमा सुधारात्मक कदम चालिरहेको साउदी अरेबियाको पछिल्लो कदमलाई लिएर धेरैले आश्चर्यको रुपमा हेरेका छन् ।

साउदी अरेबियाको पछिल्लो कदमका विषयमा क्यानाडाले भने कुनै प्रतिक्रिया जनाएको छैन् । 

पाकिस्तानमा चार आतंककारीलाई फाँसीको सजाय ।।

पाकिस्तानमा चारजना आतंककारीलाई बुधबार फासीको सजाय दिइएको छ । आतंकवादमा संलग्नता रहेको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक

इरानको कोइला खानीमा पहिरो जाँदा २१ को मृत्यु, ७० जना घाइते

इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा पहिरो जाँदा च्यापिएर कम्तिमा २१ जनाको मृत्यु भएको छ ।गोलेस्टन प्रदेशको खानीमा पहिरो जाँदा मिथेन ग्यास

सामूहिक बलात्कार गर्ने चारजनालाई फाँसीको सजाय ।।

भारतको सर्वोच्च अदालतले सामूहिक बलात्कारका चार अभियुक्तलाई फाँसीको फैसाला सुनाएको छ । सन् २०१२ मा राजधानी दिल्लीमा एउटा विद्यार्थीमाथि भएको

ओबामा केयरको सट्टा ट्रम्पको नयाँ स्वास्थ्य विधेयक तल्लो सदनबाट पारित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको नयाँ स्वास्थ्य विधेयक त्यहाँको तल्लो सदन अर्थात हाउस अफ रिप्रेजेन्टेटिभसबाट पारित भएको छ ।   ओबामा