पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

साइबर आक्रमणमा उत्तर कोरियाको संलग्नता हुनसक्ने अनुमान ।।


विश्वका विभिन्न मुलुकमा गरिएको साइबर आक्रमणमा उत्तर कोरियाको संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको छ । पछिल्लो साइबर आक्रमणमा पनि विगतमा उत्तर कोरिया संलग्न रहेको भनिएको साइबर आक्रमणमा प्रयोग गरिएकोजस्तै कम्प्युटर कोडहरु फेलापरेको थियो । तर, १५० भन्दा बढी मुलुकमा गरिएको साइबर आक्रमण उत्तरबाटै भएको भनेर ठोकुवा गर्न भने नमिल्ने बताइएको छ ।

यसबारे उत्तरको औपचारिक प्रतिक्रिया आइसकेको छैन । गत शुक्रबार १५० भन्दा बढी मुलुकमा बैंक, अस्पताल र सरकारी कार्यालयका कम्प्युटरहरुमा व्यापक असर गरेको थियो ।

कम्युटरहरु पुनः सामान्य अवस्थामा फर्काउन अनलाइनमार्फत् फिरौती रकम मागिएको थियो । चीनले पछिल्लो साइबर आक्रमणबाट आफ्ना विश्वविद्यालयहरुका कम्प्युटहरुमा पहिले अनुमान गरिएजति धेरै प्रभाव नपरेको बताएको छ ।

पाकिस्तानमा चार आतंककारीलाई फाँसीको सजाय ।।

पाकिस्तानमा चारजना आतंककारीलाई बुधबार फासीको सजाय दिइएको छ । आतंकवादमा संलग्नता रहेको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक

इरानको कोइला खानीमा पहिरो जाँदा २१ को मृत्यु, ७० जना घाइते

इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा पहिरो जाँदा च्यापिएर कम्तिमा २१ जनाको मृत्यु भएको छ ।गोलेस्टन प्रदेशको खानीमा पहिरो जाँदा मिथेन ग्यास

सामूहिक बलात्कार गर्ने चारजनालाई फाँसीको सजाय ।।

भारतको सर्वोच्च अदालतले सामूहिक बलात्कारका चार अभियुक्तलाई फाँसीको फैसाला सुनाएको छ । सन् २०१२ मा राजधानी दिल्लीमा एउटा विद्यार्थीमाथि भएको

ओबामा केयरको सट्टा ट्रम्पको नयाँ स्वास्थ्य विधेयक तल्लो सदनबाट पारित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको नयाँ स्वास्थ्य विधेयक त्यहाँको तल्लो सदन अर्थात हाउस अफ रिप्रेजेन्टेटिभसबाट पारित भएको छ ।   ओबामा