कप्तान पारस खड्का भन्छन्ः अब एसिया कप हाम्रो लागि ठूलो अवसर हो

सोमबार, २१ साउन, २०७५

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले समग्रमा नेपाली टोलीको प्रदर्शन सन्तोषजनक रहेकाले अन्तर्राष्ट्रिय क्रिकेटका आगामी प्रतियोगिता तथा शृङ्खलाहरुका लागि उत्साहित बनाएको बताएका छन् । ऐतिहासिक सफलता हासिल गर्दै राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्किने क्रममा कप्तान खड्काले आगामी यात्रा एसिया कप भएकाले त्यसमा अझ राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । उनले एसिया कप हाम्रोलागि राम्रो अवसर भएको बताए । पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सफलता हासिल गर्दै नेपाली टोली सोमबार बिहान जेट एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।

राष्ट्रिय क्रिकेट टोलीलाई खेलकुद परिषद्का सदस्यसचिव केशव कुमार बिष्टलगायतले स्वागत गरेका थिए । गत चैतमा पहिलो पटक चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मान्यता पाएको नेपालले पहिलो खेल नेदरल्याण्ड्ससँग खेलेको थियो । दुई खेलको शृङ्खलामा नेदरल्याण्ड्सको मैदानमा नेपालले १-१ को बराबरी गरेको हो । पहिलो खेलमा ५५ रनको हार बेहोरेको नेपालले दोस्रो खेलमा एक रनको सनसनीपूर्ण जित दर्ता गरेको थियो ।

अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता बिहीबारदेखि

कैलालीको अत्तरीयामा बिहीबारदेखि अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । ट्वेण्टी–ट्वेण्टी संरचनामा खेलाइने प्रतियोगितामा ६ टिमले

दोश्रो राष्ट्रब्यापी शारिरीक सुगठन स्थगित ।।

दोश्रो राष्ट्रव्यापी शारिरीक सुगठन च्याम्पियनसिप स्थगित भएको छ । बैशाख ३० गते आयोजना गर्ने भनिएको च्याम्पियनसिप स्थानिय चुनाव बैशाख ३१ गते गर्ने

मेस्सी, नेइमार र स्वारेजका कारण बार्सिलोना गएनन् गामेइरो

एथ्लेटिको मड्रिडका स्ट्राइकर केविन गामेइरोले बार्सिलोनामा अनुबन्ध हुने मौकाबाट आफू पछि हटेको बताएका छन् । बार्सिलोनाका फ्रन्ट लाइनका तीन खेलाडी

रुस्लान अत्तरीया कप २०७४ अन्तर्गत आज विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश ।।

कैलालीको अत्तरीयामा जारी देशकै सर्वाधिक धनराशीको राष्ट्रिय महिला रुस्लान अत्तरीया कपमा लगातार दोस्रो जितपछि विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश