डडेल्धुराको अमरगढी नगरपालिका स्मार्ट सिटी बन्ने, प्रारम्भीक छलफल सुरु

तपेन्द्र बिष्ट,डडेल्धुरा  
अमरगढी नगरपालिका अब स्मार्ट सिटी बन्ने भएको छ । देसका विभिन्न दश शहरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने सरकारको लक्ष्य अनुरुप अमरगढी नगरपालिकालाई स्मार्ट सिटी बनाउने प्रारम्भीक छलफल सुरु भएको छ । आईतबार नगरपालिकामा यसको गुरु योजना (माष्टर प्लान) तयार गर्ने विषयमा छलफल गरिएको छ । 

नया शहर आयोजना समन्वय कार्यालय काठ्माण्डौँको एक टोलीले अमरगढीमा स्मार्ट सिटीको गुरु योजना (माष्टर प्लान) तयार गर्ने भएको छ । स्मार्ट सिटी निर्माणका लागि अहिले परामर्शदाताहरुसँग छलफल गरी विस्तृत योजना प्रतिवेदन तयार गर्ने नगर प्रमुख विशेश्वर प्रशाद ओझाले जानकारी दिनु भएको छ । 

उहाले चुनावका बेला आफुले यहि एजेन्डा लिएर जनता माझ गएको हुदा जसरी पनि अमरगढी नगरपालिकालाई स्मार्ट सिटीका रुपमा विकास गरिने बताउनु भएको छ । नगरप्रमुख ओझाले नगरपालिकाको कुनै ठाउ बिषेशलाई मात्र नभएर पुरै नगरपालिकालाई स्मार्ट सिटीको अबधारणा अनुरुप विकास गरिने बताउनु भयो । आवाज ........।।
पर्यटकीय, व्यापारिक र कृषि उत्पादनका लागि प्रख्यात ठाउहरुलार्ई थप व्यवस्थित बनाई स्मार्ट सिटीको परिकल्पना गरिएको नया शहर आयोजना समन्वय कार्यालय काठ्माण्डौका ईन्जीनियर कृष्ण कुमार महर्जनले बताउनु भयो  । अहिले पनि के के पुवर्नधार तयार भयो भने स्मार्ट सिटी भएको मान्ने भनेर धेरैलाई थाहा नभएको भन्दै ईन्जीनियर महर्जनले भन्नु भयो ।  आवाज....... ।।
स्मार्ट सिटीका परामर्शदाता अरुणा तन्डुकारले स्मार्ट सिटी भई सके पछि समयको बचत, पुर्वाधारको विकास, आईसिटीको प्रयोग, सेवाको गुणस्तरका वृदी हुने बताउनु भयो ।
नगरपालिकाको विभिन्न क्षेत्रका तथ्याङ्कहरु संकलन गरेर अब गुरु योजना बनाईने भएको हो । अबको ४५ दिन भित्रै तथ्याङ्क सङ्कलन गर्ने, ७० दिन भित्रै डिपिआर तयार गर्ने त्यसको २० दिन भित्रै गुरु योजना तयार पारेर स्मार्ट सिटीको विकास गरिने परामर्शदाता तन्डुकारले बताउनु भयो ।
यस अघि सरकारले १३ स्थानका सहरमा स्मार्टसिटी निर्माण गर्ने योजना अघि सारेको थियो । १३ मध्ये पहिला लुम्बिनी, पालुङटार र निजगढ स्मार्ट सिटीको रुपमा निर्माण भई सकेको छ । 
 

युएईबाट कुवेत पुर्‍याउन लागिएका ३२ महिलाको उद्धार ।।

भारतको बाटो भएर युएई पुगेका ३२ महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि पुगेका नेपाली महिलासँग आवश्यक कागजात नभएपछि त्यहाँको अध्यागमनले फिर्ता

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै ।।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय

साउदीमा जेल परेका आफन्त फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारको आरोप ।।

जेलमा रहेका आफन्तलाई फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारले आरोप लगायका छन । दुई वर्ष अघि एनएसओ कन्सल्ट प्रालि म्यानपावरबाट साउदी गएका कैलालीका

‘भक्तपुरमा सुरक्षा व्यवस्था कडा’

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय