शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

साउन २० काठमाडौं – प्रतिनिधिसभाको आइतबारको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित गरिएको छ ।
पूर्व सांसद कमलप्रसाद पंगेनीको निधनमा शोक प्रस्ताव पारित गर्दै  प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो दुई बजेसम्मका लागि स्थगित गरिएको हो । 
२०७० सालको संविधानसभा निर्वाचनमा स्याङजा क्षेत्र नम्बर २ का निर्वाचित पूर्व सांसद पंगेनीको हृदयघातका कारण आइतबार बिहान ५ बजेर ३० मिनेटमा स्याङजामा रहेको आफ्नै निवासमा निधन भएको थियो । प्रतिनिधिसभा बैठकले ५४ वर्षीय पूर्व सांसद पंगेनीको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । नेपाली काँग्रेसका तत्कालीन स्याङजा जिल्लाका सभापति समेत रहेका पंगेनीले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । प्रतिनिधिसभा बैठकमा समाजसेवाको क्षेत्रमा समेत क्रियाशील पूर्व सांसद पंगेनीको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण समेत गरिएको थियो ।  

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री