आजदेखि तीनदिन सम्म मौसम बदली, अधिकांश स्थानमा पानी पर्ने 

साउन २० ।
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मौसम बदली भई वर्षा हुने जनाएको छ । आज देशका अधिकांश ठाउँमा मौसम बदली भई पानी पर्ने भएपनि मध्य र पश्चिम नेपालमा भारी वर्षा हुने विभागले जनाएको छ । विशेषगरी आज साँझ र राति नेपालको मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा हुने भएकाले सतर्क रहन मौसमविद् समिर श्रेष्ठले सीआईएनलाई बताउनुभयो । उहाँले मौसम बदली भई देशैभर मंगलबार सम्म वर्षा हुने भन्दै आज दिउँसोदेखि रातिसम्म पूर्ण बदली रही देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना रहेको बताउनुभयो । यस्तै पर्सी मंगलबार भने दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली हुने र विषेशगरी पूर्वी क्षेत्रमा वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ ।
 

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री