पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जिल्ला अस्पताल डोटीमा औषधी अभाब ।।


डोटी जिल्लामा निःशुल्क रुपले वितरण हुने औषधी अभाव भएको छ । क्षेत्रिय मेडीकल स्टोर धनगढीबाटै जिल्लाले माग गरे बमोजिमका औषधी आपुर्ति नहँुदा समस्या भएको जिल्ला अस्पताल डोटीका स्टोर किपर दिपक बोहराले बताउनु भयो । अहिले जिल्ला अस्पताल डोटीमा गर्मियाम बढेसंगै बिरामीहरुको संख्यामा पनि बृद्धि भएको छ ।

 

तत्कालका लागि पारासिटामोल, जीबनजल लगायत सामान्य औषधी मात्र करिब एक महिना सम्मको लागि स्टोरमा मौज्दात रहेको छ । अत्याबस्यक औषधी मेट्रोनीडाजोल लगाएतका औषधी भने अभाब नै रहेको सुचना अधिकृत तेज बिक्रम शाहीले बताउनुभएको छ । जसले गर्दा हाल जिल्लाका अन्य स्वास्थ्य चौकीहरुमा समेत औषधी आपुर्ति गर्न नसकिएको अधिकृत शाहिले बताउनुभयो ।

 

उता क्षेत्रिय मेडीकल स्टोरमा पनि नाकाबन्दीको समयदेखि केन्द्रबाटै औषधी आपुर्तिमा अनियमित भएकाले माग बमोजिम औषधी निर्यात गर्न नसकेको क्षेत्रिय मेडीकल स्टोरका बरिष्ठ फार्मेसि अधिकृत नारद प्रसाद साहनीले बताउनु भएको छ । 
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा