डोटीको सायल १ छपालिमा मदिरा बिक्री बितरण बन्द

साउन १९ । डोटीको सायल गाउँपालिका वडा न. १ छपालिमा मदिरा बिक्री बितरण तथा सेवन गर्न बन्द गरिएको छ । वडा अध्यक्ष हिरा बहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा वडाका जनप्रतिनिधि , राजनीतिक दलका प्रतिनिधि , महिला , समाजसेवि , बुद्धिजिवि , युवावर्ग आदिको उपस्थितिमा उक्त निर्णय गरिएको हो ।
मदिरा सेवन गरेकै कारण धेरैजसो पुरुषहरु आफ्नो क्ष्रीमतिलाई कुटपिट गर्ने , गाउँमा झैझगडा तथा गालिगलौच गर्ने भै समाज धमिलो भएको , समाजमा कुरिती बढेको , महिलाहरु घरेलु हिंसाको चपेटामा परेका , समाजमा गरिबी बढ्दै गएका कारण यी सबै किसिमका कुरिती तथा बिसङगतिहरुलाई हटाई सभ्य समाजको निर्माण गर्नमा प्रमुख बाधकको रुपमा मदिरा रहेको ठहर गरि उक्त कार्य बन्द गर्न लागेका वडा अध्यक्ष हिरा बहादुर थापाले बताए ।  साथै मदिरा बिक्रीवितरण तथा सेवन गर्ने कार्य बन्द गर्नमा सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरुलाई धन्यवाद दिएका छन । 
बिगतका दिनहरुमा मदिरा पसलेहरुले अनुमति ईजाजत पत्र लिई बिक्रीवितरण गरेको हुदा साउजिहरुलाई अप्ठ्यारो नपर्ने गरि पसलमा भएको मदिरा क्ष्रावण मसान्त सम्ममा सिध्याउने र भदौ १ देखि बिक्रीवितरण कार्य पुर्णरुपमा बन्द गरिने निर्णय गरिएको सामाजिक परिचालन करन देउवाले बताए ।
भदौ १ गतेबाट यदि कसैले पनि बनाएका नीति नियमहरुलाई उल्लंघन गरि बिक्रीवितरण तथा सेवन गरेको  पाईएमा बिक्री गर्नेलाई रु. २५ हजार जरिवाना , सेवन गर्नेलाई पहिलो पटक रु. २५ सय , दोस्रो पटक रु. ५ हजार र तेस्रो पटक पनि सेवन गरेको भेटिएमा कानुन बमोजिम कडा कार्वाही गरिने सहकर्मी प्रेम नेपालिले खबर पठाएका छन ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा