आलीतालमा मदिरा निषेध गर्नै सकिदैन

शेर नेपाली/रेडियो अमरगढी, साउन १९ । 
जनजातीको वाहूल्यता रहेको आलीताल गाउपालीकामा मदिरा निषेश गर्न एक्दमै जटिल कार्य भएको गाउपालीका उप–प्रमूख ज्वाला देवी वोगटीले वताएकी छन् । पसल वाट विक्री वितरण हूने जाड रक्सिमा रोक लगाएपनि आलीताल गाउपालीकामा जनजातीको वसोवास वढी भएकाले घरेलू रक्सि उत्पादन वन्द गर्नू एकदमै मूस्किल भएको उनको भनाई छ । आवाज
मदिरालाई महिला हिंसाको प्रमूख कारण मानेपनि आलीताल गाउपालीकामा भने मदिरा निषेध गर्नू असम्भव जस्तै रहेको छ । जसका कारण महिला हिंसाका घटना दिनानूदिन वढ्दै गईरहेको पनि उनले चिन्ता प्रकट गरीन । रेडियो अमरगढी संग कूरा गर्दै उपप्रमूख वोगटीले महिला हिंसामा संलग्नलाई कार्वाहीको दायरामा ल्याउने पनि वताएकी छन् । 
यस्तै आर्थीक वर्षको सूरुवातमै आलीताल गाउपालीकामा छोरीलाई मात्रै जन्म दिएको भन्दै एक जना श्रिमानले श्रिमतीलाई कूटपिट गरेका छन् । 
यही साउन ११ गते आलीताल न्यायीक समितिमा सो उजूरी दर्ता भएको हो । गाउपालीकाको वडा न ३ मा पर्ने कूलेडीका मदन सिं वोहराले आफ्नी श्रिमतीलाई छोरी मात्रै जन्माएको भन्दै मदिरा सेवनपछि मरणासन्न हूनेगरी कूटपिट गरेको वताईएको छ । उनका ४ जना छोरी छन् । तर आपसी समझदारी पछि हिजो मात्रै मिलापत्र भएको न्यायीक समितिका संयोजक ज्वाला देवी वोगटीले जानकारी दीएकी छन् । गत आर्थीक वर्षमा आलीताल न्यायीक समितिमा ८४ प्रतिशत उजूरी महिला हिंसाका मात्रै दर्ता भएका थिए ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा