डडेल्धुरा लगायत ७ नम्बर प्रदेशका विभिन्न ठाउमा जङ्गगली जनावरको आतंक, स्थानिय तहले कुनै पहल थालेन

साउन १९ ।
डडेल्धुरा लगायत ७ नम्बर प्रदेशका विभिन्न ठाउमा बादर तथा जङ्गली बद[nले आतङ्क मच्चाएका छ । बादरले अहिले किसानले लगाएको बालि नालीमा नोक्सानि गरिरहेको छ । बिषेश गरि अहिले लगाएको मकै बालि, विभिन्न तरकारी फलफुल खेति लगायत बादरले सखाप पारिरहेको किसानहरुले गुनासो गरेका छन् । डडेल्धुरा लगायत, बैतडी, डोटी, दार्चुलाका धेरै ठाउमा अहिले किसानले लगाएको बाली नालीमा जङ्गली जनावरले नोक्सानि गरि रहेको छ ।
डडेल्धुराको भागेश्वर गाउपालिका, आलिताल गाउपालिका, अमरगढी नगरपालिकाका धेरै ठाउमा बादर संगै जङ्गली बदेलले बालि नालीमा नोक्सानि गरिरहेको सम्बन्धीत ठाउका किसानको गुनासो छ । यसैगरी डडेल्धुराको अजयमेरु गाउपालिका र नवदुर्गा गाउपालिकाका केहि ठाउमा पनि जङ्गली जनावरले नोक्सानि गरिरहेको छ । 
भागेश्वर गाउपालिकामा अहिले एक जनाले दिन भर जाग्राम नै बस्नु पर्ने अवस्था आएको छ । दिनमा बादर र रातमा जङ्गली बदेलको पहरो बस्नु पर्ने अवस्था आएको हुदा बालिनाली जोगाउन भने कठिन भइरहेको भागेश्वर –४ का स्थानिय किसान कुर्या बिष्टले जानकारी दिएका छन् । ‘बदेल र बादरले बालीनाली तथा तरकारीबाली समेत खाइदिने गरेको छ । भागेश्वरको डुङरीका स्थानीय अगुवा कृषक करन टमटाले भन्नु भयो, ‘गाँउमा लगाएको सबै तरकारी, मकै, दहलन बाली रातमा सुँगुरले खाइदिन्छ , दिनमा बादरले, हामी त धेरै मर्कामा पर्यौ । उहाले थप्नु भयो, खेतमा धानबालीमा पनि बादर र बदेलले नोक्सानि गरिरहेको छ ।” बर्षभरीलाई पुग्ने अन्न बाली जनावरले सखाप पारेपछि अहिले किसान चिन्तीत भएका छन् । यस विषयमा सरकारले राहतको व्यवस्था गरिदिनु पर्ने स्थानीय अगुवा कृषक टमटाको माग रहेको छ । आवाज
यस्तै उता बैतडीको सिगास गाउपालिकामा पनि बादर संगै जङ्गली बदेलले मकै बालीमा ठुलो क्षति गरेको छ । गाउपालिकाका विभिन्न ठाउमा जङ्गली जनावरले मकैबाली लगायतमा क्षति गर्न थालेपछि किसानहरु चिन्तीत भएका छन् । किसानहरुले अहिले दिनभर पहरो बस्नु पर्ने बाध्यता रहेको छ । यसैगरी पन्चेश्वर गाउपालिकाका केहि ठाउमा पनि जङ्गली जनावरले बाली नालीमा क्षती गरिरहेको स्थानिय नरेश तिवारीले जानकारी दिनु भएको छ । बदेलले आतंक मच्चाउदा स्थानियहरु त्रसित बनेका हुन । आलिताल गाउपालिकाका वडा नम्बर ६ र ७ मा जङ्गली जनावरको आतङ्क भएको तर अहिले सम्म नियन्त्रणका विषयमा भने केहि योजना नबनाएको गाउपालिकाका अध्यक्ष बल बहादुर गुरुङले रेडियो अमरगढीलाई जानकारी दिनु भयो । आवाज
गाउँलेहरु यस्ता समस्याहरुबाट पिडित भएपनि आफूले जिताएर पठाएको जनप्रतिनिधीहरुले केही नगरेको गुनासो गरेका छन । तर जनप्रतिनिधिहरुले यस विषयमा आफुहरुसंग कुनै भिजन, सोंच र उपाय नै नरहेकोले आफुहरु असफल रहेको बताएका छन् । जंङ्गली जनावरलाई तह लगाउन ईच्छा भए पनि आफुहरुसंग त्यसका लागी कुनै भिजन र कुनै विकल्प नै नभएको जनप्रतिनिधिहरुले समेत बताएका छन् ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा