प्रदेश ७ मा दैवि प्रकोपका घटनामा २९ जनाको मृत्यु

साउन १९ ।  प्रदेश ७ मा विभिन्न दैवि प्रकोपका घटनामा परि २९ जनाको ज्यान गएको छ । विगत ४ महिनामा यस प्रदेशका ९ जिल्लामा दैवि प्रकोपका घटनामा परि २९ जनाको ज्यान गुमाएका हुन । यस अवधिमा अन्य ६ जना घाइते तथा २२ जना बेपत्ता भएको जनाइएको छ ।
पहिरोमा ६ जना, बाढीमा ८ जना, हावाहुरीमा २, डुवेर १२ र भारी वर्षाका कारण एक जनाको मृत्यु भएको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रको तथ्यांकमा उल्लेख छ ।  प्रदेशमा विपदमा परी ज्यान गुमाउने र घाइते हुनेमा महिलाको संख्या अधिक रहेको छ । प्रदेशभर १६ महिला र १३ पुरुषको मृत्यु भएको छ भने १२ महिला र १० पुरुष घाइते भएका केन्द्रले जनाएको छ ।
भारी वर्षासँगै बाढी, पहिरो, डुबान, हावाहुरी, भारी वर्षा लगायतमा परी ३ सय ३९ जना प्रभावित भएको, २ सय ५२ घरमा आंशिक र १४ घरमा पूर्ण क्षति हुनुका साथै ६ गोठ, ४१ पशुचौपायामा क्षति पुगेको तथ्यांकमा उल्लेख छ । दैवि प्रकोपबाट प्रदेशमा २ लाख १९ हजार रुपैयाँ बराबरको अनुमानित क्षति भएको उल्लेख छ ।

 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा