पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आज बेलुका आएको हावाहुरीले डडेल्धुरा लगायत सुदूरपश्चिमका बिभिन्न ठाँउमा ठूलो क्षति ।।


सपना सिंह ,जेष्ठ २, डडेल्धुरा
डडेल्धुरा लगायत सुदूरपश्चिमका बिभिन्न ठाँउमा मंगलबार बेलुका आएको हावाहुरीले ठूलो क्षति पु¥याएको छ । डडेल्धुराको पोखरा–बेलापुर सडकखण्डमा सल्लाका रुखहरु ढलेर सडक अवरुद्ध भएको छ । मगंलबार बेलुका चलेको हावाहुरीका कारण साबिकको कोटेली गाबिसको मष्टामाण्डौ मन्दिर नजिकै सडकखण्डमा सय बढी सल्लाका रुखहरु ढल्दा सडक अवरुद्ध भएको स्थानिय सञ्जय कुमार बिष्टले रेडियो अमरगढीलाई जानकारी दिनु भएको छ । डडेल्धुराबाट कोटेलीका लागी छुटेका आधा दर्जन बढी गाडिहरु समेत बिचबाटोमै अलपत्र परेका छन । 
नवदुर्गा गाँउपालीका–२ कोटेलीमा रहेको विर बलभद्र माबिको २ कोठे भवनको जस्ता पाता हावाहुरीले उडाएको छ । छानो तथा कक्षा कोठा भित्र रहेका फर्निचर समेत काम नलाग्ने गरी पुर्णरुपमा क्षति भएको कोटेलीबाट सहकर्मी मदन ताम्राकारले खबर पठाउनु भएको छ । नवदुर्गा गाँउपालीकाको भैरब आधारभुत बिद्यालयको ३ कोठे शौचालयको जस्तापाताले छाएको छाना समेत उडाएको छ । अन्य बिभिन्न सामुदायीक वनमा समेत ठुलो क्षती पु¥याएको जनाइएको छ । यस्तै गौडेश्वर माबि बेलापुरमा समेत जस्तापाताको छाना उडाउदा आशिंक क्षति पुगेको शिक्षक चेतराज बडुले बताउनु भएको छ ।
यस्तै बैतडीको मेलौली नगरपालिकामा रहेको महारुद्र स्वास्थ्य चौकीको ३ कोठे भवनमा समेत ठूलो क्षति पु¥याएको छ । जस्ता पाताले छाएको छाना उडाउदा चौकीमा रहेका बिभिन्न कागजातहरु समेत पानिले भिँजेको स्थानिय धिरेन्द्र पन्तले रेडियो अमरगढीलाई जानकारी दिनु भएको छ ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा