पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डोटीमा आम्दानीको स्रोत बन्दै काफल ।।

सुदूरपश्चिमको पहाडी जिल्ला डोटीका स्कुले बालबालीकाका लागि काफल आमदानीको राम्रो स्रोत बन्दै गएको छ । जेठ महिनाको सुरुवात भएसंगै जिल्ला सदरमुकाम क्षेत्रमा काफलको ब्यापार बढेको छ । काफल पाक्न शुरु भएसँगै यहाँको अत्तरिया स्याउले जोड्ने भिमदत्त राजमार्ग अन्तर्गतका बिभिन्न क्षेत्रमा काफलको ब्यापार बढ्न थालेको पाईएको छ । यहाँका बिभिन्न बजार हरु गैरा, बुडर सहजपुर, चौरानब्बे, रुपसकाँडा, गोगनपानी लगायतका क्षेत्रमा बृद्ध महिला देखी बालबालीका डालोमा काफल राखेर गिलासले नाप्दै प्रति गिलास १० देखि २० रुपैँया सम्ममा बिक्रि गरीरहेका भेटिन थालेका छन् । यहाँका बालबालिका काफल हुने सिजनमा बर्षै पिच्छे काफल संकलन गरी बिक्री गर्दै आफ्नो स्कुलको पढाई खर्च जुटाउने गरेको गोगनपानीकी स्थानिय पबित्रा खत्री दाहालले बताउनु भयो । यहाँका राजमार्गमा दिनहुँ सयौ गाडी ओहर दोहर गर्ने भएको र त्यत्तिकै मात्रामा यात्रुहरु पनि आवत जावत गर्ने भएकाले बालबालिकाहरुले संकलन गरेका काफल बिक्रिमा समस्या नहुने गरेको स्थानियबासीहरु बताउछन् । यहाँका राजमार्ग क्षेत्रमा काफल बेच्ने बिक्रेताहरुले राम्रो आम्दानी गर्न थालेका छन् । काफलबाट राम्रै आम्दानी हुन थालेपछि यहाँका अधिकांस बालबालिका अहिले काफल ब्यबसायमा लागेको अर्का स्थानयि ज्ञानु मल्लले बताउनु भयो 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा