पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाली तेक्वान्दो प्रशिक्षक कृष्णलाई अमेरिकामा छैठौं ब्लाक बेल्ट उपाधि प्राप्त ।।

अमेरिकाको डिसी महानगर क्षेत्रको ग्रान्ड मास्टर एचकेली एकडेमी अफ तेक्वान्दो इन भर्जिनियाले नेपाली मूलका तेक्वान्दो प्रशिक्षक कृष्ण बहादुर बलाललाई छैठौ कालो फित्ता उपाधि प्रदान गरेको छ ।

उक्त एचके ली तेक्वान्दो पाठशालामा प्रशिक्षकको रुपमा कार्यरत प्रशिक्षक बलाललाई पाठशालाले उनि सहित अन्य ५ जना छैठौ ब्लाक बेल्ट डिग्री प्रदान गरेको हो । उक्त पाठशालामा नेपाली प्रशिक्षक, खेलाडी तथा प्रतियोगितामा नेपालको व्यापक प्रतिनिधि रहने हुनाले उक्त तेक्वान्दो पाठशालामा नेपालको झन्डा शानदार सम्म भित्तामा अन्य देश संगै सजिएको छ । 


बलालले नेपालको झन्डा रहेको उक्त प्रशिक्षण कक्षमा बिशेष प्रस्तुति गर्दै बिशेष समारोहमा बलाललाई छैठौ उपाधि ले सम्मान गरिएको छ । संस्थापक एचके ली कोरियन मुलका हुन् भने उनले नेपालीलाई माया गर्ने र विश्वास आफूभित्र रहेको बताउदै उक्त पाठशालाका पूर्व चेला तथा प्रशिक्षक कुमार कार्कीको नाम लिदै उनको भूमिकाको सराहना गरेका थिए ।

प्रशिक्षक बलाल ले नेपाल बाट नै छैठौ कालो फित्ता उपाधि प्राप्त गरि सकेका हुन भने उनको गत मे १३ तारिखमा दोब्बर छैठौ उपाधि प्राप्त गरेका हुन । उनी निर्णायकको भूमिकाको निर्वाह गर्छन भने क समुहका प्रमाणित निर्णायक पनि हुन् । बलाल बिश्वका ३० वटा देशमा टोली नेता, व्यवस्थापक, निर्णायक तथा खेलाडीको रुपमा सहभागी भइसकेका छन ।

उनी नेपाल अन्तरर्राष्ट्रिय तेक्वान्दो फेडेरेसन, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतका पूर्व अध्यक्ष पनि रही सकेका छन् । सन् २०१२ देखि डीसी को ली तेक्वान्दो पाठशालामा प्रशिक्षकको रुपमा कार्यरत छन भने उनि नेपाल तेक्वान्दो फेडेरेसन का वरिष्ठ सल्लाहकार तथा युनाईटेड स्टेट्स ते क्वान्दो फेडेरेसनका सल्लाहकार पनि हुन ।
 

अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता बिहीबारदेखि

कैलालीको अत्तरीयामा बिहीबारदेखि अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । ट्वेण्टी–ट्वेण्टी संरचनामा खेलाइने प्रतियोगितामा ६ टिमले

दोश्रो राष्ट्रब्यापी शारिरीक सुगठन स्थगित ।।

दोश्रो राष्ट्रव्यापी शारिरीक सुगठन च्याम्पियनसिप स्थगित भएको छ । बैशाख ३० गते आयोजना गर्ने भनिएको च्याम्पियनसिप स्थानिय चुनाव बैशाख ३१ गते गर्ने

मेस्सी, नेइमार र स्वारेजका कारण बार्सिलोना गएनन् गामेइरो

एथ्लेटिको मड्रिडका स्ट्राइकर केविन गामेइरोले बार्सिलोनामा अनुबन्ध हुने मौकाबाट आफू पछि हटेको बताएका छन् । बार्सिलोनाका फ्रन्ट लाइनका तीन खेलाडी

रुस्लान अत्तरीया कप २०७४ अन्तर्गत आज विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश ।।

कैलालीको अत्तरीयामा जारी देशकै सर्वाधिक धनराशीको राष्ट्रिय महिला रुस्लान अत्तरीया कपमा लगातार दोस्रो जितपछि विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश