कोइरालाको ३६ औँ स्मृति दिवस अाज

 

काठमाडौं – नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँंग्रेसका सस्थापक विश्वेश्वर प्रसाद कोइरालाको ३६ औ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । 

नेपालमा प्रजातन्त्रको स्थापना तथा प्रजातान्त्रिक समाजवादको अभियानका प्रणेता मानिने कोइरालाको निधन २०३९ साल साउन ६ गते निधन भएको थियो । उहाँलाई घाँटीको क्यान्सर थियो । 

आफ्ना संस्थापक नेताको सम्झनामा पार्टी केन्द्रीय कार्यालय र जिल्ला कार्यालयहरुमा विशेष कार्यक्रम आयोजना गरेको नेपाली कांग्रेसले जनाएको छ । 

नागरिकको अधिकारका पक्षमा लड्ने क्रममा उहाँ पटकपटक जेल पर्नुका साथै भारतको निर्वासन समेत खेप्नुभएको थियो । तर भारतीय सरकारले आफ्नो स्वार्थमा प्रयोग गर्न सक्ने खतरा देखेपछि उहाँ बरु राजासंगै मिलेर देश विकासमा लाग्ने उद्घोष गर्दै उहाँ मेलमिलापको नीति लिएर भारतबाट नेपाल फर्किनुभएको थियो । तर उहाँलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो ।

२०१५ सालमा भएको चुनावमा उहाँ नेतृत्वको नेपाली काँग्रेसले दुई तिहाई बहुमत पाएपछि उहाँ प्रधानमन्त्री बन्नुभएको थियो । तर त्यसको २ वर्ष नवित्दै तत्कालीन राजा महेन्द्रले कोइराला नेतृत्वको सरकारलाई अपदस्त गर्दै शासनसत्ता आफ्नो हातमा लिएका थिए । उहाँ नेपाली साहित्य क्षेत्रमा विपी कोइरालाको नामले लोकप्रिय हुनुहुन्छ । उहाँका दोषी चश्मा, तीन घुम्ती, नरेन्द्र दाई, मोदी आइन् सुम्निमालगायत कृति लोकप्रिय छन् । Ujyallo online

युएईबाट कुवेत पुर्‍याउन लागिएका ३२ महिलाको उद्धार ।।

भारतको बाटो भएर युएई पुगेका ३२ महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि पुगेका नेपाली महिलासँग आवश्यक कागजात नभएपछि त्यहाँको अध्यागमनले फिर्ता

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै ।।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय

साउदीमा जेल परेका आफन्त फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारको आरोप ।।

जेलमा रहेका आफन्तलाई फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारले आरोप लगायका छन । दुई वर्ष अघि एनएसओ कन्सल्ट प्रालि म्यानपावरबाट साउदी गएका कैलालीका

‘भक्तपुरमा सुरक्षा व्यवस्था कडा’

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय