मुक्त हलिया पुर्नस्थापना कार्यक्रममा ब्रम्हलुट, ३० करोड ७४ लाख अनुदानमा ५ करोड घुस लिईयो


राम धामी –डडेल्धुरा, ५ श्रावण 
मालपोत कार्यालय डडेल्धुरा मार्फत कार्यान्वयन भईरहेको मुक्त हलिया पुर्नस्थापना कार्यक्रमका लाभान्वित ब्यक्तिहरुबाट झण्डै ५ करोड रकम घुस लिइएको खुलासा भएको छ ।
मुक्त हलिया प्रमाणीकरणमा सकृय राष्ट्रिय मुक्त हलिया समाज महासंघ डडेल्धुराका पदाधिकारीसहित मालपोत कार्यालयका कर्मचारी र केहि बिचौलियाहरुले मुक्त हलियाले प्राप्त गरेको अनुदान रकममा घुस लिएका हुन । मुक्त हलिया पर्नस्थापना कार्यक्रममा भएको आर्थिक अनियमितता र घुस प्रकरणको हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । 
मालपोत कार्यालय डडेल्धुराका अनुसार आर्थिक बर्ष २०७१÷०७२ बाट कार्यान्वयन भईरहेको मुक्त हलिया पुर्नस्थापना कार्यक्रम मार्फत पहिलो बर्ष घर निर्माणका लागि २८ जना, घर मर्मत सम्भारका लागि २० जना र जग्गा खरिदका लागि १५ जनाले अनुदान प्राप्त गरेका थिए भने आर्थिक बर्ष २०७२÷०७३ मा जग्गा खरिदका लागि १५ जना, घर निर्माणका लागि ३० जना र घर मर्मतका लागि ४० जना मुक्त हलियाहरुले अनुदान प्राप्त गरेका थिए । 
यसैगरि आर्थिक बर्ष ०७३÷७४ मा जग्गा खरिदका लागि ६८ जना, घर निर्माणका लागि २३ जना र घर मर्मतका लागि ७२ जनाले अनुदान प्राप्त गरेका थिए । सबैभन्दा बढि गत आर्थिक बर्षमा जग्गा खरिदका लागि २ सय, घर निर्माणका लागि ४ सय र घर मर्मतका लागि छ सय जनाले अनुदान प्राप्त गरिसकेको मालपोत कार्यालय डडेल्धुराका निमित्त मालपोत अधिकृत अशोक शार्कीले जानकारी दिए । 
शार्कीका अनुसार जग्गा खरिदका लागि कार्यक्रम लागू भएदेखि हालसम्मका ४ बर्षमा कुल २ सय ९८ जनाले रु २ लाखका दरले ५ करोड ९६ लाख रुपैया अनुदान प्राप्त गरिसकेका छन । घर मर्मत सम्भारका लागि हालसम्म ७ सय ३२ जनाले एक लाख २५ हजारका दरले ९ करोड १५ लाख र नयाँ घर निर्माणका लागि कुल ४ सय ८१ जनाले ३ लाख २५ हजारका दरले १५ करोड ६३ लाख २५ हजार रुपैया अनुदान प्राप्त गरिसकेका छन । 
प्राप्त अनुदान रकम मध्ये जनही १३ हजार देखि अबस्था हेरी ७५ हजार सम्म घुस लिइएको कार्यक्रममा सहभागी मुक्त हलियाहरुले जनाएका छन । मुक्त हलिया पर्नस्थापना कार्यक्रम अन्तर्गत हालसम्म वितरण गरिएको कुल ३० करोड ७४ लाख २५ हजार अनुदान रकम मध्ये मालपोत कार्यालयका कर्मचारी, मुक्त हलिया समाज महासंघका केहि पदाधिकारी र अन्य विचौलियाहरुले ५ करोड भन्दा बढि घुस लिएको मुक्त हलियाहरुकै केहि अगुवाहरुको दाबी छ । 
कार्यक्रमका लाभान्वित ब्यक्तिहरुले प्राप्त अनुदान रकममा घुस मागेको भन्दै मालपोत कार्यालय डडेल्धुराका कर्मचारी, राष्ट्रिय हलिया मुक्ती समाज महासंघ सम्वद्ध केहि ब्यक्तिहरुका नाममा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले प्रारम्भीक छानबिनगरि थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ । 
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा